
गोरखा, २८ माघ – जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ।
जिल्लामा रहेका २ नगरपालिका र ४ गाउँपालिकाभित्रका १ सय २ जोखिममा परेका विपन्न लाभग्राही भूकम्पपीडितलाई घर निर्माण गर्न सहयोग प्राप्त भएको हो।
जिल्लाको शहीद लखन गाउँपालिका, धार्चे गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकाकाभित्रका विभिन्न वडामा घर निर्माण गर्नै नसक्ने अवस्थामा रहेका भूकम्पपीडितलाई सहयोग प्रदान गरिएको हो।
त्यसैगरी गोरखा नगरपालिका र पालुङटार नगरपालिकाभित्र रहेका असहाय, विपन्न, एकल महिलाका लागि पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणको काम शुरु भएको नेपाल आवास निर्माण परियोजना गोरखाका सञ्चार अधिकृत तारा ढकालले जानकारी दिए।
जिल्लाभरमा अहिलेसम्म त्यस्ताखालका करिब १२ वटा घर निर्माणको काम सम्पन्न भएको र २२ घर निर्माणको काम आधाजसो सकिएको उनले बताए। बाँकी रहेका घर भने निर्माणको प्रक्रियामा रहेको सञ्चार अधिकृत ढकालको भनाइ छ।
त्यस्ताखालका भूकम्पपीडितलाई घर निर्माण गर्न चाहिने तारजाली, लेवपाइप, रङरोगनलगायत बाहिरबाट खरिद गर्नुपर्ने सामग्री गरी करिब ५१ हजार ५ सय रुपैयाँ बराबरको सहयोग गर्दै आएको परियोजनाका इञ्जिनीयर विकास न्यौपानले बताए।
परियोजनाले आफ्नो कार्यक्षेत्रभित्र दक्ष डकर्मी निर्माणका लागि स्थानीयलाई तालिम दिने गरेको र त्यही सिकाइका क्रममा सहभागी जनशक्ति प्रयोग गरेर तालिमसँगै विपन्न परिवारका लागि घर निर्माण गर्ने गरेको इञ्जिनीयर न्यौपाने बताउँछन्।
घर बनाउन प्रदान गरिएको डकर्मी तालिमबाट विपन्न परिवारले भूकम्प प्रतिरोधी घर पाएको शहीद लखन गाउँपालिकाका वडाध्यक्ष देउबहादुर गुरुङले जानकारी दिए। “स्थानीयलाई भूकम्प प्रतिरोधी घर बनाउन सीप सिक्ने अवसर पनि भयो,” उनले भने, “त्यही अवसरको सदुपयोग गर्दा घर नै बनाउन नसक्ने भूकम्पपीडितका लागि घर पनि भयो।”
दक्ष प्राविधिकबाट तालिम प्रदानसँगै विपन्न लाभग्राहीका लागि पुनःनिर्माण प्राधिकरणकोे मापदण्डअनुसार घर पनि निर्माण भएको इञ्जिनीयर न्यौपानेको भनाइ छ। कम खर्चमा जस्ता तार प्रविधिमा कसरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ भन्ने जानकारी दिन परियोजनाले डकर्मी तालिम प्रदान गर्दै आएको छ।
“घर बनाउन सक्ने अवस्था नै नरहेपछि छनोटमा परेका अधिकांशले सम्झौतासमेत गर्नुभएको रहेनछ,” इञ्जिनीयर न्यौपानेले भने, “हामीले सम्झाएर घर निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि बल्ल उनीहरू सम्झौता गर्न तयार भएको हो।”
जस्ता तार प्रविधिअन्तर्गत पुराना सामग्री प्रयोग गरेर थोरै खर्चमा घर निर्माण गर्न सकिने भएकाले थोरै सहयोगबाट पनि विपन्न परिवारले नयाँ घरमा बस्न पाएको अर्का इञ्जिनीयर अन्जन श्रेष्ठको भनाइ छ। “यो थोरै लागतमा घर बनाउने प्रविधि हो,” उनले भने, “यो प्रविधिबाट घर बनाउन तालिम दिँदा अत्यन्त कम खर्चमा भूकम्प प्रतिरोधी घर बनाउन चाहनेका लागि पनि सजिलो हुन्छ।”
इञ्जिनीयर श्रेष्ठले यसखालको प्रविधिमा सिमेन्ट, गिट्टी र बालुवा प्रयोग गर्ने ठाउँमा जस्ता र तार प्रयोग गर्न सकिने बताए। (रासस)



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


