बाँके, २८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका उजुरी धेरै परेका छन् । सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले स्थानीय तहका १२७ उजुरी परेको बताउनुभयो । उहाँका अनुसार अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा बाँकेको रहेका छन् ।

बाँकेको सिक्टा सिँचाइ आयोजना, यातायात व्यवस्था कार्यालय भेरी, सशस्त्र प्रहरी बल नौबस्ता बाँके, नौबस्ता डिप बोरिङ उपभोक्ता समिति बाँके, त्रिभुवन मावि कोहलपुरको अख्तियारमा मुद्दा परेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले पप्पुले बनाएको जब्दीघाट पुल निर्माण बर्दिया, साविक जिल्ला कृषि विकास कार्यालय दैलेख र नेपाल टेलिकम दूरसञ्चार कार्यालय दाङविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार नेपालगञ्ज कार्यालयमा शिक्षाका ७७, वनका ४९, भूमिका ३०, गृहमा २२, स्वास्थ्य तथा जनसङ्ख्याका १३, भौतिक पूर्वाधार तथा यातायातका १३, ऊर्जा जलस्रोत तथा सिँचाइका ११, कृषि तथा पशुपक्षीका ११ वटा उजुरी परेका छन् । आव २०७५-७६ को माघ २६ गतेसम्ममा सम्पर्क कार्यालयले आठ वटा तीव्र कारवाही स्टिङ अपरेशन गरेको छ । उक्त स्टिङ अपरेशनमा १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

अख्तियारले अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगञ्ज, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखरी, राजापुर नगरपालिका बर्दिया, दाङमा आफूलाई वडाध्यक्ष बताउने व्यक्ति, भूमि सुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत, सव डिभिजन वन कार्यालय बाँकेमा स्टिङ अपरेशन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई केन्द्रीय कार्यालयबाट आएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार सम्पर्क कार्यालय, नेपालगञ्जमा चालू आवको पुस मसान्तसम्ममा १७६ वटा उजुरी परेका छन् । त्यसमध्ये ३४ उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको प्रमुख गैरेले जानकारी दिनुभयो । यो अवधिमा बर्दियामा ८९ उजुरी परेका छन् भने १६ वटाको प्रारम्भिक अनुसन्धान सकिएको छ । दाङका ८८ वटा उजुरी परेका छन् । नौ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ । रासस

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३