जमुना बर्षा शर्मा, पोखरा, २८ माघ – पर्यटकीय नगरी पोखरा, अनेकौँ प्राकृतिक आयामहरु बोकेको सहर। पोखराका धेरै महिलाहरुले पर्यटन क्षेत्रमा लगानी गरेका छन्। र, सक्रिय रुपमा व्यवसायमा लागेका छन्।

हालै पर्यटन प्रवर्द्धनका लागि हाइकिङ गरिएको छ। महिला पर्यटन व्यवसायी मञ्चले पर्यटन प्रवर्द्धनात्मक पदयात्रा आयोजना गर्दै हाइकिङका लागि पनि पोखरा सुरक्षित रहेको सन्देश दिएको छ।

कृस्ती—शिवढुङ्गा—देउराली गैरा—कृस्ती कालिका मन्दिर—भ्यूटावर—मट्टीखान हुँदै माउन्टेन रिर्सोट—छोरेपाटनसम्म हाइकिङ गरी पर्यटकीय सम्भावनाहरुलाई उजागर गर्ने प्रयास मञ्चले गरेको हो।

सुन्दर नगरी पोखरा र आसपासका रमणीयस्थलको प्रवर्द्धन गर्ने ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाइकिङ कार्यक्रमको आयोजना गरिएको मञ्चकी अध्यक्ष जमुना पराजुलीले जानकारी दिएकी छन्।

नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेको पनि सहभागिता रहेको थियो। उनले पर्यटन क्षेत्रमा महिलाको लामिछानेले योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा अझै टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाउन गइरहेको सन्दर्भमा पर्यटकीयस्थलको खोजी र प्रवर्द्धनमा जोड दिनुपर्ने लामिछानेको भनाई थियो। उनले व्यवसायी महिलासँगै पदयात्रामा सहभागी भएर ग्रामीण वस्तीका रमणीय दृश्य हेर्न पाउँदा खुशी लागेको बताए।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल आन्तरिक भ्रमण वर्ष–२०१९ तथा नेपाल भ्रमण वर्ष–२०२० सफल पार्नका लागि यस्ता कार्यक्रमले नयाँ गन्तव्यको खोजी गर्न सघाउ पुर्याउने धारणा राखेका छन्।

सधैँ व्यवसाय र घरधन्दामा व्यस्त व्यवसायी महिलाहरु निकै उत्साहजनक रुपमा हाइकिङमा सहभागि भएको संस्थाकी उपाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन्। उनले भनिन्, ‘पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ, आसपासका क्षेत्र पनि उत्तिकै मनमोहक छन्। पदयात्राले प्रकृतिसँग रमाएर पर्यटनको महत्व बुझ्ने अवसर मिल्छ।’

संस्थाका झण्डै ९० जना सदस्यको सहभागिता रहेको सो हाइकिङ कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख लगायत विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको मञ्चकी सचिव उमा भण्डारीले जानकारी दिएकी छिन्।

‘पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने हाम्रो प्रयास हो, यस किसिमका कार्यक्रमले पोखरालाई आन्तरिक पर्यटन र हाइकिङको अनुपम गन्तव्य बनाउन सकिन्छ,’ उनले भनिन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९