बैतडी, २९ माघ – बैतडीका मुक्त हलियाले आफूहरूको नाम तथ्याङ्कमा समेटी तुरुन्त पुनःस्थापना गर्न माग गरेका छन्।

जिल्ला सदरमुकाममा सोमबार तथ्याङ्कमा छुटेका मुक्त हलियाको अवस्थाका बारेमा गरिएको सामूहिक छलफलमा सहभागी मुक्त हलियाले सरकारले आफूहरूलाई ठगेको बताएका छन्।

सरकारले हलियाबाट मुक्त गरेपछि पनि आफूहरूको जीविकोपार्जनमा समस्या आएको उनीहरूको भनाइ थियो। मुक्त गरेर आफूहरूलाई अलपत्र छोडेको मुक्त हलियाहरूले बताएका हुन्। बैतडीमा करिब ५ हजार मुक्त हलिया भए पनि २ हजार २२ जना मात्रै तथ्याङ्कमा समेटिएको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष रमेश कोलीले जानकारी दिए।

अहिलेसम्म १ हजार ५ सय ५८ जनाले मात्रै मुक्त हलियाकाे परिचयपत्र पाएका छन्। उनीहरूमध्ये १ हजार २ सय ३ जनाको पुनःस्थापना भइसकेको छ। छुट भएका मुक्त हलियाले आफूहरूको अवस्थाका बारेमा अध्ययन गरेर चाँडोभन्दा चाँडो पुनःस्थापन गर्न दबाब दिएका छन्।

भूमिअधिकार मञ्च, जिल्ला हलियामुक्ति समाज, हलिया महासङ्घ, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ, राष्ट्रिय दलित नेटवर्क, दलित महिला सङ्घ (फेडो) लगायतका संस्थाले आयोजना गरेको सामूहिक छलफलमा मुक्त हलिया पुनःस्थापना केन्द्रीय समितिका सदस्य राजुराम भुल र सरस्वती नेपालीको पनि सहभागिता थियो।

यस्तै सामूहिक छलफलमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले मुक्त हलियाको समस्या समाधानका लागि सबैले गम्भीर हुनुपर्ने बताएका छन्। (रासस)

लोकप्रिय

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

२०७६, ३१ असार मंगलवार १९:०३

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

२०७६, १ श्रावण बुधबार १३:५५

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

२०७६, ३१ असार मंगलवार १७:०४

तिलोत्तमाका सबै गर्भवती र बालबालिकालाई पौष्टिक आहार

तिलोत्तमाका सबै गर्भवती र बालबालिकालाई पौष्टिक आहार

२०७६, ३१ असार मंगलवार १३:५९