डडेल्धुरा, १ फागुन – डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन्। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो।

विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन्। उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए। सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि तीन वर्ष भइसकेकाले अब के गर्ने भन्ने अवस्था सिर्जना भएको मुक्त हलिया दीपक कामीले बताए।

जिल्ला मुक्त हलिया समाज डडेल्धुराले विसं २०६४ मा गाउँपालिका–१ मा १२२ मुक्त हलियाको नाम सङ्कलन गरेको थियो। तर, ती नाम अहिले गायब भएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताईन्।

महासङ्घका अध्यक्ष ईश्वर सुनारले उनीहरूको नाम भूमिसुधार मन्त्रालयले लिएको तथ्याङ्कबाटै हटाएको बताए। मुक्त हलियाको नाम गायब हुनुमा राजनीतिक दलकै नेतृत्वको हात रहेको उनीहरुको अनुमान छ।

विसं २०६६ मा आएको बाढीबाट पूरै बस्ती बगाएपछि मुक्त हलिया असिग्रामको सामुदायिक वनको आश्रयमा पुगेका उनीहरूको अवस्था निकै दयनीय छ। उनीहरू अहिले न त साहुको हलो जोतेर खाने अवस्थामा छन् न उनीहरूसँग बस्नलाई आफ्नो घर नै छ।

डडेल्धुुरामा दुई ५५१ मुक्त हलियाले परिचयपत्र पाएका छन्। अझै करीब दुई हजारको हाराहारीमा मुक्त हलियाको सङ्ख्या छुटेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ। (रासस)

लोकप्रिय

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

डोल्पो महोत्सव: विविधतायुक्त पहिचान मुख्य आकर्षण

२०७६, ३१ असार मंगलवार १९:०३

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

‘पेनगन’सहित पोखराबाट एक युवक पक्राउ

२०७६, १ श्रावण बुधबार १३:५५

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

मोहनविक्रम भन्छन्, ‘चीन र भारत दुवै साम्राज्यवादी’

२०७६, ३१ असार मंगलवार १७:०४

तिलोत्तमाका सबै गर्भवती र बालबालिकालाई पौष्टिक आहार

तिलोत्तमाका सबै गर्भवती र बालबालिकालाई पौष्टिक आहार

२०७६, ३१ असार मंगलवार १३:५९