भक्तपुर, १ फागुन – चाँगुनारायण नगरपालिकाले चाँगुनारायणस्थित विवादित नेपाल इञ्जिनीयरिङ कलेज आफैँले सञ्चालन गर्ने निर्णय गरेको छ। चाँगुनारायण नगरपालिकाको चौथो नगरसभाले सो इञ्जिनीयरिङ कलेज नगरपालिकाले नै सञ्चालन गर्ने गरी कार्ययोजना समेत पारित गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए।

उनले कलेजका पुराना सञ्चालकसँग नगरपालिकालाई कलेज हस्तान्तरण गर्न पत्राचार गरिने उल्लेख गर्दै कलेजको सम्पूर्ण स्वामित्व अब नगरपालिकाले ग्रहण गर्ने जानकारी दिए।

मंगलवारको नगरसभाले नगरपालिका क्षेत्रभित्र पर्यटनको विकासका लागि आतिथ्य परियोजना सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। सो प्रस्ताव पारित भएसँगै अमेरिकामा रहेका नेपाल हस्पिटालिटी एसएलसी अमेरिकाकोतर्फबाट दुई अर्ब रुपैयाँको वैदेशिक लगानी भित्र्याएर पर्यटन क्षेत्रको विकास गर्ने बाटो खुलेको नगर प्रमुख मिश्रले बताए।

नगरसभाले चाँगुनारायण नगरपालिका वडा नं ४ मा १०० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रस्ताव पारित गरेको छ भने नगरसभाले बन्द भएका यहाँका प्राकृतिक स्रोत तथा खानी सञ्चालन व्यवस्था गर्न कार्यपालिकालाई निर्देशन दिएको छ।

नगरसभाले विनियोजित ऐनलाई संशोधन गर्न बनेको विधेयक, शिक्षा ऐन २०७४ को संशोधन गर्न बनेको विधेयक, नगरपालिकाबाट कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नगरपालिकाको विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्न बनेको विधेयक र नगरपालिका क्षेत्रभित्र आतिथ्य परियोजना विकासका लागि गरिएको सम्झौता अनुमोदनका लागि बनेको विधेयक सर्वसम्मतरुपमा पारित गरिएको उनले जानकारी दिए। (रासस)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२