किशोर विश्वकर्मा, विराटनगर, १ फागुन –१ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमितामा राखेर सार्वजनिक निजी साझेदारी सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो र उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष भवानी राणाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा कृषि क्षेत्रमा व्यवसायिक उत्पादन, प्रशोधन र बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गर्ने, हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट बिस्तारै कम गर्दै लैजाने उल्लेख छ।

त्यस्तै ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाई स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने, आगामी ५ बर्षभित्रमा स्थानीय तहमा एक उद्यम स्थापना गर्न परियोजना बैकको स्थापना गर्ने विषय पनि समझादारी पत्रमा समेटिएको छ।

यस्तै प्रदेश नम्बर १ का १४ जिल्लामध्ये शुरुमा प्रदेश सरकारसँग सहकार्य गर्न पायक पर्ने स्थानमा प्रदेश स्तरको कृषि उद्यम केन्द्रको स्थापना र सञ्चालन गरी क्रमशः अन्य जिल्लामा अगाडि बढाइने कार्यक्रममा जानकारी दिइएको थियो। कार्यक्रम सञ्चालन खर्च कुल विनियोजित बजेटको १० प्रतिशतको सीमामा रही सो रकमको अधिकतम ७० प्रतिशत प्रदेश सरकारले उपलब्ध गराउने तथा बाँकी निजी क्षेत्रको हुनेछ।

महासंघकी अध्यक्ष राणाले कृषि, वन तथा पर्यटन क्षेत्रका माध्यमबाट आर्थिक क्रान्ति गर्न समझदारी कोशेढुंगा सावित हुने बताइन्।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको एक्लो प्रयासले मात्र समृद्धि हासिल गर्न असम्भव रहेकाले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२