काठमाडौँ, २ फागुन –खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीतका १ सय १४ उद्योगी व्यवसायीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

अनुगमन तथा निरीक्षणका क्रममा म्याद नाघेका र गुणस्तरहीन वस्तुहरू उत्पादन तथा विक्री गरेको पाइएपछि विभागले ‘खाद्य नियमावली २०२७’को नियम ३३ ‘क’अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको हो।

चालू आर्थिक वर्षको यस अवधिभित्र १ सय १४ वटा विभिन्न उद्योगलाई कारवाहीका लागि सिफारिस गरिएको विभागका प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्तीले जानकारी दिए।

‘हामीले अनुगमन प्रभावकारी रूपमा अघि बढाएका छौँ। दोषी भेटिए जोसुकै भए पनि कारवाहीका लागि सिफारिस हुन्छ,’ उनले भने। उनका अनुसार यस अवधिमा सबैभन्दा धेरै पानी उद्योगहरू कारवाहीको सिफारिसमा परेका छन्। ५० भन्दा बढी पानीका उद्योगहरूमा शिलबन्दी गरिएको उनले जानकारी दिए।

प्रवक्ता वस्तीका अनुसार कारवाहीमा परेका पानी उद्योगले अनुज्ञापत्र नवीकरण नगरेको, सरसफाइ नभएको, हातले पानी भरेको, पानीको जारमा ब्याच नं. र उत्पादन मिति उल्लेख नगरेका भेटिएको थियो। ती उद्योगहरूलाई अनुज्ञापत्र नवीकरण, अटोमेटिक मेशिन जडान तथा अन्य मापदण्ड पूरा गर्नका लागि ७ दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिइएको उनले बताए।

यस्तै झिँगा, किरा नियन्त्रणका लागि प्रशोधन र प्याकिङ कक्ष अलग्गै बनाउन र उत्पादन अनुसारको लेबल राख्न विभिन्न उद्योगलाई विभागले निर्देशन दिएको छ।

२४ कार्यालय स्थापना

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन र बजार निरीक्षणलाई प्रभावकारी बनाउन देशका विभिन्न ठाउँमा कार्यालय स्थापना गरेको छ। विभागले यसै वर्ष मात्र २४ वटा कार्यालय स्थापना गरेको हो।

यसअघि विभागका प्रदेशस्तरीय कार्यालयबाहेक ११ ओेटा मात्र कार्यालय थिए, अहिले देशभर ४३ वटा कार्यालय छन्।

दुई तेल कम्पनीलाई कारवाही

विभागले किसान र त्रिवेणी ब्राण्डका खानेतेलमा अखाद्य पदार्थ मिसावट गरेको भेटिएपछि कारवाही गरेको छ। ती दुई ब्राण्डविरुद्ध उजुरीका आधारमा छापा मार्दा तोरी पेल्ने मिल नभेटिएको विभागले जनाएको छ।

विभागले उद्योगबाट ‘आयल ग्रीन टू जी’ नामक धुलो रङसमेत बरामद गरेको छ। हाल दुवै तेल कम्पनीमा शिलबन्दी गरी अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ।

होटल तथा रेस्टुरेन्टको वर्गीकरण शुरु

विभागले होटल तथा रेस्टुरेन्टहरूलाई पनि खाद्य स्वच्छताका आधारमा वर्गीकरण गर्न शुरु गरेको छ। विभागले होटल तथा रेस्टुरेन्टहरूलाई वर्गीकरण गर्न स्तरीकरण, मूल्यांकन र सूचकांकको कार्य अगाडि बढाएको छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२