रमेश लम्साल, काठमाडौँ, २ फागुन – सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ ।

कुल ७ खर्ब रुपैयाँ लागतको ती परियोजनामा नागरिकबाट १ खर्ब रबराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ। हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेको हो।

कार्यक्रमअनुसार कुल संस्थापक शेयरधनीमध्ये ५१ प्रतिशत नेपाल सरकारका निकाय तथा ४९ प्रतिशत शेयर आम नेपाली नागरिकबाट उठाउने लक्ष्य राखिएको छ। स्वपूँजीका रूपमा ३० प्रतिशत रकम आन्तरिक स्रोतबाट परिचालन गर्ने र ७० प्रतिशत रकम ऋण तथा अन्य स्रोतबाट परिचालन गर्ने सरकारको लक्ष्य छ।

करिब ३ हजार ५ सय मेगावाट क्षमताका ती आयोजनामा लगानी गर्ने नागरिकलाई १७ प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखिएको छ। शेयर रकमका रूपमा खरिद गर्न प्रतिबद्धता व्यक्त गर्नेले शुरुमा १० प्रतिशत बराबरको रकम लगानी गर्नुपर्नेछ।

यस्तै आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बाँकी रहेको ९० प्रतिशत रकम उपलब्ध गराए हुने व्यवस्थासमेत गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।

प्रवर्द्धक कम्पनीले विक्री प्रबन्धकमार्फत शेयरको सार्वजनिक निष्कासन गर्नेछ र शेयर लगानी गर्न इच्छुक व्यक्तिले आश्वा प्रणालीअनुसार शेयर आवेदन दिनुपर्नेछ। हरेक कम्पनीको छुट्टाछुट्टै शेयर निष्कासन र आवेदन हुनेछ। सो कार्यक्रममा सहभागी हुनका लागि आवेदकलाई हितग्राही खाता र बैंक खाता भने अनिवार्य गरिएको छ।

आगामी ३५ दिनभित्र त्यसको प्रक्रिया शुरु हुने मन्त्रालयले जानकारी दिएको छ। सरकारले नागरिकबाट लिने रकमको ब्याज बैंक तथा वित्तीय संस्थासरह दिने प्रतिबद्धता जनाएको छ।

मन्त्रालयले प्रदेश नं. १ का लागि किमाथांका अरुण ४ सय ८२ मेगावाट, माथिल्लो अरुण ७ सय २५ मेगावाट, इखुवा ३० मेगावाट, अरुण चार ३ सय ७२ मेगावाट, घुन्सा खोला ७२ मेगावाट र सिम्बुवा खोला ७० मेगावाट गरी कूल ६ आयोजनाबाट १ हजार ७ सय ५१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यस्तै प्रदेश नं. ३ का लागि तामाकोशी पाँचौँ ९६ मेगावाट र त्रिशूली थ्री बी ३७ मेगावाट गरी कुल १ सय ३३ मेगावाट विद्युत् जनताको लगानीमा निर्माण गरिने भएको छ।

गण्डकी प्रदेशका लागि बुढीगण्डकी ग्वारखोला ६० मेगावाट, बुढीगण्डकी प्रोक एक १ सय मेगावाट, बुढीगण्डकी प्रोक दुई २ सय ४० मेगावाट र बुढीगण्डकी क ७५ मेगावाट गरी कुल ४ सय ७४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ।

प्रदेश नं. ५ मा भने भेरी बबई डाइभर्सन आयोजना ४८ मेगावाट क्षमताको निर्माण गरिनेछ। यस्तै कर्णाली प्रदेशका लागि फुकोट कर्णाली ४ सय ९२ मेगावाट, जगदुल्ला एक ९२ मेगावाट र जगदुल्ला दुई ६५ मेगावाट गरी कुल ६ सय ४९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

सुदूरपश्चिम प्रदेशका लागि तीनवटा आयोजना तोकिएको छ। त्यसमा चैनपुर सेती २ सय १० मेगावाट, सेती नदी तेस्रो १ सय ६३ र माथिल्लो सेती ५० मेगावाट गरी कुल ४ सय २३ मेगावाट विद्युत् जनताको लगानीमा निर्माण गरिनेछ।

आयोजनाको लागत प्रतिमेगावाट २० करोड रुपैयाँ रहने मन्त्रालयको घोषणामा उल्लेख छ। ती आयोजनामा कर्मचारी सञ्चयकोषले ७ वर्षसम्म प्रतिवर्ष ५ अर्ब रुपैयाँका दरले ३५ अर्ब, नागरिक लगानी कोषले प्रतिवर्ष ६ अर्बका दरले ४२ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

यस्तै जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले प्रतिवर्ष ५ अर्ब रुपैयाँका दरले ७ वर्षसम्म ३५ अर्ब रुपैयाँ लगानी गर्नेछ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २१ अर्ब, राष्ट्रिय बीमा संस्थानले प्रतिवर्ष २ अर्ब रुपैयाँका दरले १४ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य तय गरिएको छ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले एकमुष्ठ रूपमा ७ अर्ब, नेपाल प्रहरीले ७ अर्ब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समान रूपमा ७/७ अर्ब र सरकारले प्रतिवर्ष ६ अर्ब रुपैयाँका दरले ४२ अर्ब रुपैयाँ लगानी गर्नेछ। यस्तै स्थानीयस्तरबाट ऋण उठाएर २१ अर्ब रुपैयाँ र अन्य स्रोतबाट समेत लगानी जुटाइनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले नागरिकलाई निश्चित प्रतिशत मुनाफा दिने गरी सस्ता र आकर्षक आयोजना चयन गरिएको जानकारी दिए। उनले ती आयोजनाको निर्माणसँगै देशको आर्थिक विकास र समृद्धिको मार्गसमेत थप प्रशस्त हुने विश्वास व्यक्त गरे।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि नेपालको समृद्धिका लागि यी आयोजना कोशेढुंगा हुने र सानो तथा थोरै पूँजीबाट पनि धेरै प्रतिफल हासिल गर्न सकिन्छ भन्ने स्पष्ट हुने जानकारी दिए।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११