काठमाडौँ, ४ फागुन – भ्रष्टाचार नियन्त्ररण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार अनुसन्धान आयोग नै भ्रष्टाचारीको जालोमा अल्झिएको देखिएको छ। आयोगका आयुक्त राजनारायण पाठक स्वयंले मुद्धा मिलाई दिने नाममा ७८ लाख घूस लिएको प्रकरण सार्वजनिक भएपछि भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारीहरु कुण्डली मारेर बसेको तथ्य प्रष्ट भएको छ। अब त भ्रष्टाचार निर्मुल पार्ने र समाजलाई पारदर्शीताको पाठ सिकाउने आयोगका सम्पूर्ण पदाधिकारीमाथि नै शंका गनुपर्ने अवस्था सिर्जना भएको छ।

पाठक प्रकरणलाई हेर्दा अख्तियार अनुसन्धान आयोगले यस अघि गरेका मुद्धाका किनारा र काम कारबाही सबैलाई कठघरामा उभ्याई दिएको छ। आफ्नै कार्यालयका एक जना आयुक्तले घूस लिएको भिडियो सार्वजनिक हुँदा समेत अख्तियार अनुसन्धान आयोग र यसका प्रमुख आयुक्तबाट यस सम्बन्धमा कुनै प्रतिक्रिया नआउनु आफैमा आश्चर्यजनक विषय बनेको छ। त्यसो त आयुक्त पाठकले यस प्रकरणमा आफ्नो गल्ति स्वीकार्दै राष्ट्रपति समक्ष राजीनामा बुझाई सकेका छन्।

यसरी भ्रष्टाचार गरी राजीनामा दिएर मुक्त हुन खोज्ने हो भने अख्तियार जस्तो संस्था मुलुकका लागि किन आवश्यक पर्यो ? भ्रष्टाचार गरेर राजीनामा दिँदैमा अपराधबाट मुक्ति मिल्ने भए सबैले त्यसैगरे भइगयो ! नभए आयोगले यस सम्बन्धी तत्काल छानविन गरि दोषीलाई थुनामा राखि कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने होइन र ? एक हजार रुपैयाँ घूस लिएका व्यक्तिलाई पक्राउ गरेर वाहवाही लुट्दै आएको आयोग आफ्नै आयुक्तले ७८ लाख घूस लिँदा समेत किन मौन छ ?

यस प्रकरणबाट भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति खडा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बदनाम मात्रै भएको छैन, यसका सबै पदाधिकारी र तीनले गर्दै आएका काम कारबाहीसमेत शंकाको घेरामा परेका छन्। आम जनतालाई अब अख्तियार र यसका पदाधिकारीहरु प्रति विश्वास र भरोसा स्थापित गर्ने हो भने उनीहरुले आफूलाई प्रमाणित गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३