विराटनगर, ७ फागुन – निसानको उत्कृष्ट किक्स गाडी सोमबारबाट नेपाली बजारमा भित्रिएको छ। निशानको आधिकारिक बिक्रेता पायोनिर मोटो कर्प प्रा.लि.ले विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै ‘न्यू निसान किक्स’ लञ्च गरेको हो।

गाडीको सारडा ग्रुपका निर्देशक श्रीनिवास सारडा र पायोनिर मोटो कर्प विराटनगरका निर्देशक अमित सारडाले लञ्च गरे। किक्स गाडीले आफ्नो ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीको दाबी छ। सुरक्षाका हिसाबले अब्बल मानिएको सो गाडीको भित्री भाग फराकिलो र बाहिरी भाग आकर्षक रहेको कम्पनीले जनाएको छ।

किक्स गाडीमा ८ इञ्चको टचस्क्रिन (जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ), साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसनको सुविधा छ। यसका साथै गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीएसहितको एबीएस समावेश गरिएको पायोनिर मोटो कर्प प्रा.लिका शाखा प्रबन्धक अमित अग्रवालले जानकारी दिए।

यी गाडी डिजेल ईञ्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इञ्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेको जनाईएको छ। नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी सात प्रकारका विभिन्न कलरमा पाइनेछन।

सो निसान किक्सको पेट्रोल इञ्जिनमा १.५ एच ४ के को ५ स्पीड म्यानुअल ट्रान्समिशन र डिजेल ईञ्जिनमा १.५ के ९ के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिशनमा उपलब्ध छन। नयाँ निसानको माइलेज क्षमता उत्तम मानिएकोे छ। सो गाडी पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको छ।

यी गाडीहरु पायोनिरको बिक्री शाखा विराटनगर र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न सकिने जनाईएको छ।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९