काठमाडौँ, ११ फागुन – चालू आर्थिक वर्षको सात महीनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ। ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन्। यस्तै जलविद्युत्तर्फ आठ प्रवद्र्धक कम्पनीले उद्योग दर्ता गराएका छन्।

यस्तै कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ। कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८ सय ११ रुपैयाँ रहनेछ। सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ।

बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ। सो आयोजनाको लागत ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ बराबरको रहने जनाइएको छ।

माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ। सो आयोजनाको लागत ५५ करोड ५८ लाख ९० हजार ४ सय ८६ रुपैयाँ रहने गरी विभागमा दर्ता भएको हो।

उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गरेका छन्। सो आयोजनाको लागत छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३ सय २३ रुपैयाँ रहनेछ। कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ।

यस्तै २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ। आयोजनाको कूल लागत तीन अर्ब २९ करोड रुपैयाँ छ। आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ।

यस्तै आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराएका छन्। सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ। आयोजनाको लागत १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ। सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ।

यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ। आयोजनाको लागत ९० करोड छ लाख रुपैयाँको छ।

सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन्। तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ। विभागबाट अनुमति लिएको प्रवद्र्धक कम्पनीले ५० करोड रुपैयाँ लगानी गर्नेछ।

यस्तै रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ। आयोजनाको लागत ६५ करोड ४६ लाख ६२ हजार ५ सय रुपैयाँ छ।

यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर– ५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ। सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजार रुपैयाँको छ। रासस

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८