काठमाडौं ११ फागुन – मर्सी एजुकेशनका सञ्चालक राम टण्डन यतिबेला अष्ट्रेलीयामा छन्। अष्ट्रेलीयन क्याम्पस अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी)लाई त्यहाँको अष्ट्रेलियन क्वालिटि अथिरिटि (अस्क्वा)ले सम्बन्धन नदिएपछि उनी त्यहाँ पुगेका हुन्। क्याम्पसले अस्क्वाको सम्बन्धन नपाउँदा विद्यार्थीहरु समस्यामा परेको जानकारी पाएलगत्तै उनी अष्ट्रेलीया पुगेका हुन्।

उनको कन्सलटेन्सीमार्फत पनि एआइबिटी क्याम्पसमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि गएका थिए। ‘हाम्रा विद्यार्थीहरुको भविष्यप्रति हामी चिन्तित छौँ,’ अष्ट्रेलीयाबाट टेलीफोनमा टण्डनले नेपाली पब्लिकसँग भने, ‘उनीहरुको समस्या समाधानको लागि नै यहाँ आएको हुँ।’

विद्यार्थीको समस्याप्रति आफुँहरु गम्भिर रहेको भन्दै समाधानका बिषयमा छलफल भइरहेको उनले जानकारी दिए। ‘विद्यार्थीको समस्या समाधान गर्न सबै गम्भिरताका साथ लागेका छौँ,’ टण्डनले भने – ‘केहि समय सबैले धैर्यधारण गरिदिनुस् हामी समस्याको हल निकाल्न दिनरात लागिपरेका छौँ।’ विद्यार्थीहरुको समस्या थाहा पाउनेबित्तिकै आफुँ अष्ट्रेलीया आएको बताउदै उनले आफुँ सम्पर्कविहिन भएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारे।

क्याम्पसका डाइरेक्टर फियोना कि ले पनि विद्यार्थीको समस्या छिट्टै समाधान हुने बताइन्। ‘सम्बन्धनका लागि अस्क्वामा अपिल गर्न पाउने प्रावधान छ,’ नेपाली पब्लिकसँगको कुराकानीमा फियोनाले भनिन्, ‘हामी त्यो प्रकृयामा अघि बढिसकेका छौँ।’ सम्बन्धन नआउँदैमा क्याम्पस नै बन्द भएको भन्ने भ्रम सृजना भएको हुँदा यसबारे स्पष्ट पार्दै उनले थपिन्, ‘क्याम्पसको भर्ना, पढाईलगायत अन्य सबै गतिविधी नियमित रुपमा नै भइरहेको छ।’ एआईबिटिको अर्को क्याम्पस एआईबिटी इन्टरनेशनलमा भने कुनै समस्या नभएको पनि उनले बताइन्।

टण्डनलगायत एआईबिटिीमा विद्यार्थी पठाउने प्रायः सबै शैक्षिक परामर्श व्यवसायीहरुले आफ्नो बिद्यार्थीहरुको समस्या समाधान गर्न प्रयासरत रहेको बताएका छन्। साथै शैक्षीक परामर्श व्यवसायीका विभिन्न छाता संगठनहरुले पनि यस विषयमा चासो देखाएका छन्।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

२०७६, ३ असार मंगलवार ०६:५८