भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाका सदस्यलाई एकभन्दा बढी सहकारीमा साधारण तथा शेयर सदस्य नबन्न निर्देशन दिएको छ। नगरपालिकाले सहकारी ऐन कार्यान्वयन गर्दै एक व्यक्ति एक सहकारीकाे अवधारणा ल्याएकाे हाे।

नगरपालिकाको हालै सम्पन्न चौथो नगरसभाले पारित गरेको सहकारी ऐन कार्यान्वयनमा ल्याउँदै एकभन्दा बढी सहकारीमा सदस्य रहेकाको सदस्यता खारेज गर्दै कुनै एउटा सहकारीमा मात्रै सदस्यता लिन निर्देशन दिएको छ।

नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगर क्षेत्रभित्र रहेका बचत तथा ऋण, महिला, कृषि, बहुउद्देश्यीय लगायतका १ सय २२ सहकारीको भेला गरी सहकारीको ऐन, नियम, विनियमका बारेमा जानकारी गराए। उनले सहकारीलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको बताए।

नगरपालिकाले एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुन पाउने सहकारीको ऐन बनाएपछि यसलाई कार्यान्वयनमा ल्याउँदै नगर क्षेत्रभित्रका सहकारीका अध्यक्ष, व्यस्थापक, कोषाध्यक्ष, सरोकारवालाबीच अन्तर्क्रिया गरेर सहकारी ऐन–२०७४ संशोधनसहितका बारेमा जानकारी गराइएको उनले बताए।

नगरपालिकाले ऐनलाई राजपत्रमा प्रकाशित गरी आगामी १ महिनाभित्र एक व्यक्ति एकै प्रकारका एकभन्दा बढी सहकारीमा सदस्य हुन नपाउने प्रावधान लागू गरेको हो। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संविधानले नै मुलुकमा तीनखम्बे अर्थ नीतिको परिकल्पना गरेअनुसार सार्वजनिक, निजी र सहकारीबीच सहकार्य गरी आर्थिक समृद्धि गर्न सोे ऐन कार्यान्वयनमा ल्याइएको बताए।

उनले उद्यम विकासतर्फ सहकारीलाई लैजान आवश्यक रहेको बताउँदै सहकारीको संयुक्त लगानीमा उद्यम विकास गरे नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेकाे बताए। नगरप्रमुख मिश्रले भने, “सहकारीमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले नगरक्षेत्रका सबै सहकारीको सम्पूर्ण विवरणसहित सबै कारोवार एउटै सर्भरमा आउने गरी सफ्टवेयर बनाउँदै छ, यसैबाट सहकारीको अनुगमनसमेत गर्नेछौँ।”

नगरपालिकाले सहकारीलाई मापदण्डमा ल्याउने उद्देश्यले सहकारीकर्मी रहने गरी नगरस्तरीय सहकारी सञ्जालसमेत गठन गरेको छ। उमेश प्रधानको संयोजकत्वमा प्रह्लाद बाँस्तोला, जनक खत्री, नातिकाजी खत्री, जानुका अधिकारी, देवकी श्रेष्ठ, मन्दरा मिश्र, सूर्य श्रेष्ठ, लीला निरौला र पुष्पा न्यौपाने सदस्य रहने गरी सञ्जाल गठन गरेको छ। (रासस)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७