१८ कात्तिक, काठमाडौं । विगत तीन वर्षदेखि बन्द रहेको नयाँ बानेश्वरको पाँचचारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । होटलको लगानीका विषयमा भएको विवाद उत्कर्षमा पुगेका कारण यो होटल ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको थियो ।

वैशाख १२ गते गएको भूकम्पबाट होटलमा सामान्य रुपमा क्षति पुगेको थियो । वैशाख १२ को भूकम्पपछि पनि भीआईपी पाहुनाहरु होटल एभरेष्टमै बसेका थिए । तर, पुनः वैशाख २९ गते गएको पराकम्पपछि होटलमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसियो ।

होटल बन्द हुनासाथ सैयाैं मजदुरहरुले रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप मजदुरहरुले लगाएको थिए ।

रातो स्टीकर टाँसिएको करिब तीन वर्षपछि पुनःनिर्माण शुरु गरिएको छ । स्रोतका अनुसार ६ महिनामा पुनःनिर्माण सम्पन्न गर्ने गरी होटल व्यवस्थापनले आरएस निर्माण सेवालाई ठेक्का दिएको छ ।

तोकिएको मितिमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष (२०७६ साल) देखि एभरेष्ट होटल पुनः सञ्चालनमा आउनेछ ।

के थियो विवाद ?

एभरेष्ट होटल बन्द हुनुको प्रमुख कारण भूकम्प होइन । भूकम्प अघि नै भएको सेयर हिस्सा विवादका कारण होटल सञ्चालकहरु बन्द गर्ने मनस्थितिमा पुगिसकेका थिए । भूकम्पका कारण रातो स्टीकर टासिएपछि होटल बन्द गर्न सञ्चालकलाई बाटो खुला भएको थियो ।

काठमाडौं जिल्ला अदालतबाट शुरु भएको होटलको सेयर विवाद मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेर टुंगिएको थियो ।

होटलका मुख्य लगानीकर्ता भारतीय नागरिक मकबुल अहमद लारी थिए । उनकै नेतृत्वमा होटल चलिरहेको थियो । थोरै सेयर हिस्सा आफ्ना भतिजा–बुहारीलाई दिएर उनले बिजनेश पार्टनरका रुपमा लिएर होटल चलाउँदै आएका थिए ।

यही क्रममा ०६१ जेठ ४ गते जब लारीको निधन भयो, त्यसपछि होटलको सेयर हिस्साबारे बिवाद सिर्जना भयो । बाबुको निधन भएपछि मकबुलका छोरा मुजब्फर लारी भारतबाट नेपाल आए र बुवाको नाममा भएको सेयर आफ्नो नाममा सारिदिन बुबाका बिजनेश पार्टनरसँग आग्रह गरे ।

तर, मकबुलले आफ्नो निधन हुनुअगाडि नै आफ्नो नामको सेयर आफूहरुलाई बेचिसकेको बताएपछि छोरा मुजब्फर दाजुभाउजू (ठूलाबाका छोराबुहारी) को विरुद्धमा अदालत गएका थिए । किर्ते गरेर आफ्नो बुवाको नामको सेयर आफ्नो नाममा पारेको दाबीसहित जिल्ला अदालत पुगेका मुजब्फरको विपक्षमा अदालतले फैसला गर्‍याे ।

त्यसपछि उनी पुनरावेदन गए, त्यहाँ पनि हारे । पुनरावेदनले पनि आफ्नो विपक्षमा फैसला सुनाएपछि उनी सर्वोच्च अदालत गए । त्यहाँ पनि उनको विपक्षमा नै फैसला आयो ।

मुद्दा मुजब्फरको विपक्षमा आएको केही समयमा नै उनका दाजु, जसको पक्षमा फैसला आयो, उनी (मस्कुर अहमद) भने लागु औसध अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेस मसकुरले पठाएको निश्कर्ष निकाल्दै जर्मन प्रहरीले कारवाहीको अनुरोध गर्दै पत्र पठाएको थियो । लामो समय फरार रहेका उनलाई गत वर्ष मात्रै प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको थियो ।

६ महिनाअघि पर्यटन विभागबाट सिफारिस

०७२ वैशाख १२ मा गएको भूकम्पपछि अनुगमनका लागि पुगेको पर्यटन मन्त्रालयको एक टोलीले होटलमा हरियो स्टीकर लगाएको थियो । सामान्य क्षति भएको भन्दै मन्त्रालयले हरियो स्टिकर लगाएका कारण भूकम्पका बेला आएका विभिन्न देशका अधिकारीहरु एभरेष्ट होटलमै बसेका थिए ।

तर, बैशाख २९ गते गरेको पराकम्पपछि सोही टोलीले बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसेको थियो । त्यसपश्चात लामो समयसम्म होटल व्यवस्थापन समूह सम्पर्कमा नआएको पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । लामो समयपछि (६ महिनाअघि) मात्रै होटल व्यवस्थापन पुनःनिर्माण गर्न इच्छुक रहेको जानकारी गराउन पर्यटन विभाग पुगेको थियो ।

पुनःनिर्माण गर्नका लागि अनुमति दिने सम्बन्धमा आवश्यक निर्णय गर्न भन्दै ६ महिनाअघि विभागले भवन विभागमा सिफारिस गरेको निर्देशक अधिकारीले बताए । ‘रातो स्टीकरपछि पुनः निर्माण गर्न मिल्ने नमिल्ने निर्णय गर्ने भवन विभागले हो, त्यसबेला पनि भवन विभागले तोक दिएकै कारण हामीले रातो स्टीकर लगाएका थियौ’ पर्यटन विभागका निर्देशक अधिकारीले भने, ‘भवन विभागले हरियो स्टीकर बाहेकका भवन पुनः निर्माण गर्छु भनी आएमा आफूलाई पठाइदिने भनेर पत्रचार गर्‍याे, पछि होटलबाट पेश भएको कागजातसहित हामीले निर्णयका लागि भवन विभाग नै पठाएका छौं ।’

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

8 घन्टा

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार