धनगढी – सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कप’ खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ। आगामी चैत १ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रतियोगितामा सात वटै प्रदेशका टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टनअन्तर्गत महिला र पुरुषतर्फको खेल हुनेछ। फूटबलमा भने पुरुषतर्फको मात्रै खेल सञ्चालन हुने मन्त्रालयले बताएको छ। ६ सय ४४ जना खेलाडी सहभागी हुने प्रतियोगितामा सात वटै प्रदेशका मुख्यमन्त्रीहरु पनि उपस्थित हुनेछन्।

मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ। मन्त्रालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी विजेतालाई १५, उपविजेतालाई ८ र तेस्रो हुनेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको हो। मन्त्री सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्रसहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए।

संघीयतापछि प्रदेश सरकारले खेलमार्फत् सुदूरपश्चिमको पर्यटन विकासका लागि पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकूद प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ।

प्रतियोगिताको औपचारिक उद्घाटन चैत १ गते हुने भए पनि फूटबल र क्रिकेटका खेलहरु भने फागुन २९ गतेदेखि नै सञ्चालन गरिने सामाजिक विकासमन्त्री कृष्णबहादुर सुवेदीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले खेलकूद प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति गठन गरी तयारी तीब्र बनाएको छ।

तेजेन्द्र थापाको संयोजकत्वमा फूटबल, तिलक चौधरीको संयोजकत्वमा भलिबल, धिरेन्द्र साउदको संयोजकत्वमा क्रिकेट, लालबहादुर शाहीको संयोजकत्वमा ब्याटमिन्टन उपसमिति गठन गरिएको छ।

त्यसैगरी सांस्कृतिक व्यवस्थापनमा लिला बाँस्कोटा, सुरक्षा तथा स्वयंसेवक परिचालनमा रोहित कुँवर, स्वास्थ्य उपचारमा डा. चेतराज जोशी, प्रचारप्रसारमा अर्जुन शाह, खाना तथा बसोबासमा पुष्पराज कुँवर र समारोह तथा अतिथि सत्कारमा दिपक सिंह संयोजक छन्। सामाजिक विकास मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले उपसमितिहरुले आफ्नो काम शुरु गरिसकेको बताए।

तयारीअन्तर्गत खेलाडी पोशाक, खेल मैदान छनोट तथा रेफ्रीसम्बन्धि प्राविधिक काम भइरहेका छन्। सचिव हमालले खेलकूदमार्फत सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए।

मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले आगामी चैत १, २ र ३ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको छ। मन्त्रालयले प्रतियोगिताको लोगो र मस्कट यसअघि नै सार्वजनिक गरिसकेको छ। प्रतियोगितामा करिब २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री, राष्ट्रपति तथा उपराष्ट्रपतिमध्ये एक जनाबाट गराइने सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७