गौशाला – महाशिवरात्रि पर्वका अवसरमा प्राचीन तथा पुरातात्त्विक महत्त्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर र जिल्लाका सबै शिवालयमा आज (साेमबार) भक्तजनको भीड लागेको छ।

महोत्तरीको जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्धारका रूपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो।

रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचका रूपमा स्वयं महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकाले पनि यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ।

यहाँको शिवलिङ्ग बाहै्रकाल जलाशयमा रहने हुँदा जलेश्वर नाथ नामकरण भएको किम्वदन्ती रहेको छ। जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँकाे शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको बताए।

पौराणिक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शनमात्रले सम्पूर्ण पाप कट्टी भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो। शिवरात्रिका अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरून् भन्ने मनशायले यो पटक पर्याप्त व्यवस्था मिलाइएको शिव पूजा समारोह समितिका अध्यक्ष देवेन्द्र साहले बताए।

महाशिवरात्रिका अवसरमा यहाँ धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शनपश्चात् मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ। शिवरात्रिका दिन मधेशका कृषकले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका वाला तथा सु–स्वास्थ्यका लागि भगवान् आसुतोषलाई भण्टाको भार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए।

शिवरात्रिको पुण्य दिन आज जलेश्वर नाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलनसमेत रहेको छ। यस्तैगरी उत्तरवर्ती टुटेश्वरनाथ महादेव तथा सुन्दरपुर गाविसस्थित मङ्गलनाथ महादेव मन्दिरमा समेत भक्तजनको भीड तथा पूजा कीर्तनले वातावरण भक्तिमय पारेको छ।

मङ्गलनाथमा आजदेखि ३ दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ। जिल्लामै सबैभन्दा बढी धार्मिक क्रियाकलाप, धर्म उत्सव एवं रमाइलो मेलाका कारण मङ्गलनाथ महादेव मन्दिर शिवरात्रिको अवसरमा आर्कषणको केन्द्र बन्ने गरेको छ। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४