काठमाडौँ – च्याम्पियन्स लिग फूटबलमा विगत ३ वर्षदेखि एकछत्र राज गर्दै आएको युरोपियन ह्याभिवेट रियल मड्रिडलाई हराउँदै डच क्लब आयाक्स युसिएलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाविउमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा रियलले ४-१ गोलअन्तरको लज्जास्पद हार व्यहोरेको हो।

पहिलो लेगको खेलमा २-१ को अग्रता लिएको १३ पकटको च्याम्पियन रियल समग्रमा ५-३ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो। हाकिम जियेचले सातौँ मिनेटमा गोल गर्दै पाहुना टोली आयाक्सलाई शुरुआती अग्रता दिलाएका थिए।

युवा जोश लिएर मैदानमा उत्रिएको आयाक्स रियलको घरमा हावी हुँदैे १८औँ मिनेटमा अग्रता दोब्बर बनायो। दुसान टाडिचको पासलाई डेविड नेरेसले गोलमा परिणत गर्दै पहिलो हाफमा पाहुनालाई २ गोलको अग्रता दिलाएका थिए। युवा जोशसहित मैदानमा उत्रिएको आयाक्सका लागि ६२औँ  मिनेटमा अनुभवी सर्वियन खेलाडी दुसान टाडिचले तेस्रो गोल गरे।

लगातार चौथो पटक च्याम्पियन्स लिग उचाल्ने अभियानमा रहेको रियलका लािग मार्को एसेन्सियोले ७०औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने कोसिस गरेका थिए। तर घरेलु मैदानमै सम्हालिन नसकेको रियलले ७२ औँ मिनेटमा पुनः गोल खायो।

मिडफिल्डर लास सोनले फ्रि-किकमार्फत सुन्दर गोल गर्दै आयाक्सको जीत सुनिश्चित गरे। घरेलु मैदानमा तहसनहस बनेको रियल खेलको अन्तिम समयमा १० खेलाडीमा समेटियो। ईन्जुरी समयमा दोहोरो पहेलेको कार्ड खाँदै नाचो बाहिरिएपछि रियल १० खेलाडीमा सीमित बनेको थियो। आयाक्सका दुसान टाडिच ‘म्यान अफ द म्याच’ घोषित भए।

च्याम्पियन्स लिगका राजा भनेर चिनिने क्रिस्टियानो रोनाल्डोको अभाव खड्किरहेको रियल कप्तान सर्जियो रामोससमेत नभएपछि मैदानमा उर्जाहीन साबित भयो। रामोसमाथि २ खेलको प्रतिबन्ध रहेका कारण च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा अनुपस्थित थिए।

घरेलु मैदानमा पहिलो लेगको खेल २-१ ले गुमाएर नतिजा उल्ट्याउने आयाक्स च्याम्पियन्स लिगको पहिलो क्लब बनेको छ।

२०१२-१३ पश्चात पहिलो पटक रियललाई प्रतियोगिताबाट निकालेको आयाक्स २२ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो। आयाक्स च्याम्पियन्स लिगको ४ पटकको विजेता भएपनि २००३ यता नकआउट चरण पुग्न सकेको थिएन।

⚪️🔴⚪️ Ajax's into quarter-finals for first time since 2002/03! 👏👏👏#UCL pic.twitter.com/hrUs7bWidB

— UEFA Champions League (@ChampionsLeague) March 5, 2019

Dreams DO come true! 🤤#UCL #reaaja pic.twitter.com/TOmJcGz824

— AFC Ajax (@AFCAjax) March 5, 2019

Real’s last eight seasons in the UCL (with Ronaldo):

2010/11: semi-final
2011/12: semi-final
2012/13: semi-final
2013/14: winner
2014/15: semi-final
2015/16: winner
2016/17: winner
2017/18: winner

Real this season in UCL (without Ronaldo):
2018/19: knocked out in last 16 pic.twitter.com/zeXP6rKYEm

— Cristiano Ronaldo (@TheRonaldoTeam) March 5, 2019

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८