नेपालका शैक्षिक संस्थाहरूको गुणस्तर विश्वस्तरीय जनशक्ति उत्पादनका लागि क्रमश: अक्षम हुँदै गएको हामी सबैले महसूस गरेको विषय हो। यस्तो परिस्थितिमा विकसित मुलुकहरूका शैक्षिक संस्थाहरूमा नेपाली विद्यार्थी जानु स्वाभाविक हो। त्यो अर्थशास्त्रीय दृष्टिले पनि सही हो। जहाँ माग र आपूर्तिका दृष्टिले राम्रो र गुणस्तरीय शिक्षा प्राप्त हुन्छ, त्यहाँ अध्ययनका निम्ति जानु स्वाभाविकै हो। गुणस्तरीय शिक्षा दिने मध्येका विशेषगरी अष्ट्रेलिया, युरोप, अमेरिका र पछिल्लो समय जापान जस्ता मुलुकहरूको शैक्षिक संस्था नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य बनेका छन्। तर, पछिल्लो समय अष्ट्रेलियामा नर्सिङ विषय पढ्न गएका केही सय विद्यार्थी पढिरहेको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी)को वैधानिकतालाई अष्ट्रेलियन सरकारले खारेज गरिदिएपछि त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीको बिचल्ली भएको खबर आएको छ, जुन दुखद हो।

यसको सोझो अर्थ के हो भने शैक्षिक समस्या नेपालका शिक्षण संस्थाका मात्रै होइन, विशुद्ध व्यावसायिक मनोवृत्तिले सञ्चालन गरिएका विकसित भनिएका मुलुकका शैक्षिक संस्थाहरूको दुर्दशा पनि उस्तै छ भन्ने देखिन्छ। नेपालबाट शुल्क तिरेर अध्ययन गर्न जाने विद्यार्थीले ती कलेजको क्षमता, विश्वसनीयता र वैधानिकता परीक्षण गर्न सक्दैनन्। त्यस्तो परीक्षण गर्ने काम त्यहाँको सरकारको हो र यस्ता विषयमाथि उठ्ने हरेक प्रश्नको जवाफ दिने, समस्या समाधान गर्ने र कसैलाई पनि सङ्कटमा पर्न नदिने अन्तिम जिम्मेवारी अष्ट्रेलियन सरकारको नै हो। जुन जुन देशमा नेपाली विद्यार्थी अध्ययनका निम्ति जान्छन्, ती देशका सरकारको हो।

किनभने, ती देशमा अध्ययन गर्न जाँदा विद्यार्थीले लामो भिसा प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ। कलेजबाट भर्ना लिने पत्र आएपछि भिसा दिने निर्णय सम्बन्धित देशका सरकारले गर्छ। त्यही कामकै लागि अन्य सामान्य भिसा शुल्कभन्दा बढी शुल्क लिएर विद्यार्थीलाई भिसा दिने गरिन्छ। यस दृष्टिकोणबाट पनि नेपाली विद्यार्थीका निम्ति उत्पन्न भएको यो समस्या समाधान गर्न अष्ट्रेलियन सरकारले नैतिक दायित्व लिनुपर्छ। कुनै पनि देशको कलेज वा उसले पढाइरहेको विषय खारेज गर्नुअघि त्यस कलेजमा कुन कुन विषय अध्ययनको अनुमति दिइएको छ भन्ने कुरा विद्यार्थीलाई भिसा उपलब्ध गराउँदा निर्धारण गरिसकिएको हुन्छ। अहिले नेपाली विद्यार्थीले नेपालबाट धेरै खर्च गरेर वैधानिक रूपले अष्ट्रेलियामा गइसकेपछि कानूनी रूपमा कुनै पनि अवस्थामा त्यहाँ कुनै अलमल, द्विविधा र बिच्चलीमा पार्नु हुँदैन, त्यहाँको सरकारले यस्तो अवस्था पर्नै दिनु हुँदैन। फेरि पनि जोड दिएर भन्नुपर्ने हुन्छ, यसो हुन नदिनु अष्ट्रेलियन सरकारको नैतिक दायित्व हो। त्यसैले अहिले अष्ट्रेलियन सरकारको जुन निर्णयबाट नेपाली विद्यार्थी मर्कामा परेका छन्, ती विद्यार्थीको पढाइ नरोकिने र नबिग्रिने गरी अन्य कलेजमा सारेर भर्ना गर्ने व्यवस्था अष्ट्रेलियन सरकारले नै गर्नुपर्छ। अन्यथा भविष्यमा अष्ट्रेलियाको शैक्षिक व्यवस्थामाथि विश्वास र भर पर्न सक्ने अवस्था समाप्त हुनेछ। र, भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि उसले यथेष्ट सावधानीहरू अपनाउनुपर्छ। यस घटनाले विश्वमै गुणस्तरीय शैक्षिक विश्वसनीय र प्रतिष्ठा कमाएको अष्ट्रेलिया जस्तो विकसित मुलुकका कलेजहरूको पनि विश्वसनीयता र वैधानिकता परीक्षणका लागि एउटा संयन्त्र नै निर्माण गर्न जरुरी देखिएको छ।

यता नेपालमा ठूलो संख्यामा खोलिएका शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरूले पनि विद्यार्थीलाई पढ्न विदेश पठाउँदा सम्बन्धित कलेजहरूको शैक्षिक क्यालेण्डर तथा कोर्षबारे र त्यहाँका सरकारबाट स्वीकृति लिए–नलिएको वैधानिक अवस्थालाई हेर्नुपर्छ। यद्यपि, कन्सल्टेन्सीहरूले यसमा गर्न सक्ने काम धेरै कम हुन्छ। नेपालका कन्सल्टेन्सीहरूले अष्ट्रेलियामा सञ्चालित कलेजहरूको वैधानिकताका बारेमा प्रश्न उठाउन वा सोध्ने अधिकार राख्दैनन्। त्यस्तो वैधानिकता हेर्ने काम मूलतः अष्ट्रेलियन सरकारकै हो। यद्यपि, यसो भनेर नेपालको शिक्षा मन्त्रालय र शैक्षिक परामर्शदातृ संस्थाहरूले यस घटनाको नैतिक जिम्मेवारीबाट उन्मुक्ति पाउने अवस्था भने अवश्य पनि छैन। विशेष गरेर शिक्षा मन्त्रालय यस घटनाप्रति बढी जिम्मेवार हुनुपर्छ। त्यसो हुँदा अष्ट्रेलियाको एआईबीटीमा अध्ययनरत नर्सिङका नेपाली विद्यार्थीलाई अन्य कलेजमा सार्ने र उनीहरूको उचित व्यवस्थापन गर्ने काममा कन्सल्टेन्सी र शिक्षा मन्त्रालय दुवै निरन्तर लाग्नुपर्छ। यो जिम्मेवारीबाट दुवैले पन्छिन पाउँदैनन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८