१८ कात्तिक, पर्वत । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।

उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो ।

किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए । स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए ।

नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उहाँका अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ ।

‘पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ’, उनले भने, ‘यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिश भयो बुझ्नुपर्छ ।’ पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनको भनाइ छ ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार