सुर्खेत । न कुनै खास ब्यानर थियो। न त अतिथिका लागि विशेष कुनै तामझाम नै। बुधबार लेखबेसी नगरपालिकाको दशरथपुरमा लिंकन ईन्टरनेशनल कलेज काठमाडौँले ‘सामाजिक विकासमा आम सञ्चारको भूमिका कस्तो हुनुपर्ला ?’ भन्ने अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।

पत्रकार नगेन्द्रप्रसाद उपाध्यायले आमसञ्चार सामाजिक, आर्थिक विकासको मेरुदण्डमा महत्वपूर्ण सहयोगी बनेको बताए । उनले कर्णालीमा सामाजिक तथा आर्थिक विकाससँगै आमसञ्चारका विभिन्न माध्यमहरुको स्वतः विस्तार हुँदै गईरहेको उल्लेख गरे ।

उनले भने, ‘कुनै पनि क्षेत्रको आर्थिक विकासका निम्ति आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ, कर्णालीको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि यहाँका पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।’

भेरी–बबई डाईसर्भनसँगै भेरी करिडोर विकास, बालविवाह उन्मूलन, छाउपडी प्रथा उन्मूलन, खुला दिशामुक्त क्षेत्र घोषणालगायतमा आम सञ्चारको योगदान रहेको उपाध्यायले बताए।

अर्का पत्रकार आकाशतारा बयकले आर्थिक विकासको मोडेल, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धमा हाल कर्णालीमा भईरहेका गतिविधिका बारेमा जानकारी दिए। उनले कर्णालीको सामाजिक तथा आर्थिक विकासमा सरकारी लक्ष्यलाई सहयोग पु¥याउन घनिभूतरुपमा आमसञ्चार माध्यम अपेक्षाकृत बढी सक्रिय रहेको बताए।

‘राजनीतिक तथा आर्थिक उदारीकरणसँगै विकसित हुँदै जाने पत्रकारिता सहरकेन्द्रित राजनीतिक बहसका निम्ति प्रभावकारी माध्यम हो,’ उनले भने, ‘विकासको प्रयत्नलाई सशक्त बनाउन आमसञ्चार माध्यमको तागतको फल आधारभूत तहका जनताबीच कसरी वितरण गर्ने ? भन्ने विषयमा अझै विमर्श गर्न बाँकी रहेको छ ।’

उनले विकास सकारात्मक गतिशील प्रक्रिया भएकाले कर्णालीका पत्रकारले सामाजिक विषयवस्तुसँगै जलविद्युत, सडक, कृषि, सञ्चार, सिंचाई, पर्यटन शिक्षा, स्वास्थ्य, प्रविधिलगायतका विषयमा निरन्तरत कलम चलाई रहेको जानकारी दिए।

उनका अनुसार अहिले सञ्चार आवश्यकता गाँस, बास र कपास जत्तिकै महत्वपूर्ण मानवीय आवश्यकता हो। उनले आधारभूत तहका जनतालाई गरिबीको कुचक्रबाट मुक्त गरी समृद्धि तर्फ पु¥याउने विकास बहस गर्दैगर्दा लिंकन ईन्टरनेशनल कलेजमा अध्ययनरत सामाजिक कार्य तथा आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीले सुर्खेत आएर गरेको छलफल प्रशंसिय काम भएको बताए।

कार्यक्रममा आम सञ्चार तथा पत्रकारीता विषयका उप-प्राध्यापक हेम खनाल, सामाजिक कार्य विभागका उपप्राध्यापक त्रिचन्द्र पौडेल, सहजकर्ता रमेश हमाललगायतले सामाजिक तथा आर्थिक विकासमा आम सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहँदै आएको भनाइ राखे ।

लिंकन ईन्टरनेशनल कलेजमा अध्ययनरत सामाजिक कार्य तथा आम सञ्चार पत्रकारिता विषयका ८८ जना विद्यार्थीहरुले पछिल्लो एक सातादेखि दशरथपुरमा क्यापिङ्ग गरेर त्यहाँको सामाजिक, सांस्कृति तथा आर्थिक गतिविधिबारे अध्ययन, अनुसन्धान समेत गरेका छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८