काठमाडौँ । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपमा चिनाएको छ । उनले २०१६ मा कस्मेटिक्स उद्योग स्थापना गरेकी केइलीले दुई वर्षमै ठूलो सफलता हासिल गरेकी छन् ।

उनको कम्पनीले करिब नब्बे करोड डलर १ खर्ब रुपैयाँभन्दा बढिको सम्पत्ति आर्जन गरेको फोर्ब्सले जनाएको छ । उनलाई ‘सेल्फ मेड’ अर्बपति भनिएको छ ।

केइलीले विगत तीन वर्षदेखि अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक उत्पादन बिक्री(वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपश्चात उनको कस्मेटिक एक हजारभन्दा बढी स्टोरमा बिक्री हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब ६ हप्तामै केइली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच करोड ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन बिक्री गर्न सफल भएको थियो । त्यसयता केइलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भइसकेको छ ।

कम्पनीकी मालिक केइली एक्लै हुन् । जम्मा २९ डलरको लिपिस्टकबाट कारोवारको सुरुवात गरेकी उनको कम्पनीको मुल्य अनुमानित नब्बे करोड डलर पुगेको छ । उनको आयमा यसरी नै बढ्यो भने तीन वर्षमै विश्वकै धनी महिलाको सुचीमा पर्नेछिन् र, उनले फेसबुका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्नेछिन् । मार्क जुगरवर्ग २३ वर्षको उमेरमा फोर्ब्सको अर्बपति सुचीमा पर्न सफल भएका थिए ।

केइलीको कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ गर्ने काम सिड व्युटीले गर्दै आएको छ । यसैगरी बिक्री तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ । कम्पनीको वित्तीय जिम्मा उनकी आमा क्रिसले गर्दै आएकी छिन् । केइलीले आफ्नो प्रोडक्टको मार्केटिङ्ग सोसियल मिडियामार्फत गर्र्दै आएकी छिन्, जहाँ उनको लाखौं फलोअर्स छन् । ‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसबाट मैले केही कुरा सुरु गर्नुअघि लाखौं जनतासम्म पुगिसक्छ,’ केइलीले भनिन् ।

अल्ट्रा र केइलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केइलीले महंगोदेखि सस्तो प्रोडक्ट बिक्री गर्छिन् । विश्लेषकहरुका अनुसार केइली केस्मेटिकले बालबालिकादेखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरिद नगर्नेहरुको पहुँचमा समेत केइली पुग्न सफल भैसकेकी छिन् ।

अल्ट्राले केइलीको उत्पादन प्रबद्र्धनमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय बढी स्टोर छन् । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

‘केइलीले एक करोड मानिसहरु समक्ष पुग्न सफल हुनुमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलेको छ । उनले अनलाइनमार्फत राम्ररी काम पनि गरिरहेकी छिन् । तर अनलाइनले उनलाई पुर्‍याउन सक्ने भनेको यतिसम्म मात्र हो,’ बीएमओ क्यापिटल मार्केटका इन्क्वीटी रिर्सच एनालिस्ट सेनोन कोइनले भनिन्, ‘उनले सम्भवत महसुस गरिसकेको हुनु पर्छ कि अब योभन्दा अघि बढ्नु छ भने उनलाई एउटा पार्टनरको आवश्यकता पर्छ ।’

केइलीले सन् ०१७ मा ३० वटा नयाँ उत्पादन सार्वजनिक गरेकी थिइन् जसमा कन्सिलर, मेकअप ब्रश लगायत थिए । सन् २०१८ मा विभिन्न रङ्गमा यी उत्पादन बजारमा ल्याइएको थियो । हाल केइलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ ।

‘सेल्फ मेड’ नै हुन् ?

फोर्ब्सले केइलीलाई ‘सेल्फ मेड’ भनेर उपमा दिए पनि सामाजिक सञ्जालमा यसमाथि प्रश्न उठाइएको छ । उनी कुनै विपन्न परिवारमा जन्मेर ठूलो संघर्ष गरी यो स्थानमा आएकी भने होइनन् । उनको परिवार पहिलेदेखि नै सम्भ्रान्त हो ।

उनका बुवाआमा उद्योगी हुन् । केइलीको सफलतामा परिवारका सदस्यहरुको पनि ठूलो हात रहेको विश्वास गरिन्छ । तर, उनको सम्पत्ति बुवाको भन्दा ९ गुणा र आमाको भन्दा १५ गुणा बढि पुगिसकेको छ ।

यस विषयमा प्रष्ट पार्दै फोर्ब्सले भनेको छ, ‘केइलीको पारिवारिक विरासत आफ्नो ठाउँमा भए पनि उनको कमाईमा परिवारका अन्य सदस्यको हात छैन । उनी एक्लैले यो उपलब्धी हासिल गरेकी हुन् ।’ एजेन्सी

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८