काठमाडौँ । फागुन २३ गते बिहीबार मुलुकका विभिन्न भू-भागमा आयोजित कार्यक्रम तथा घटनाहरुसँग सम्बन्धीत तस्वीरहरुः

१. पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा नवनिर्मित लिफ्टको समुद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो प्रदान गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ । तस्वीरः वासुदेव पौडेल

२. म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा जिल्ला प्रशासन कार्यालय र अन्नपूर्ण गाउँपालिकाले बिहीबार आयोजना गरेको एकिकृत घुम्ती शिविरमा नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी । तस्बिरः कमल खत्री

 

३. शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा स्वतन्त्र विद्यार्थी युनियनद्वारा निर्मित रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको सालिक । २०४६ सालको जनआन्दोलनमा रामपुरमा गोली लागेर मृत्युवरण गरेका शहीद सूर्यप्रसाद घिमिरेको सम्झनामा सालिक निर्माण गरिएको हो । तस्वीर: सुशीला रेग्मी,

४. झापाको धुलाबारीमा बिहीवारदेखि शुरु विराट सत्संग समारोहको अवसरमा निकालिएको ¥याली । तस्वीर: सन्तोष शर्मा,

५. महिला दिवसको स्वागत १०९ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा धादिङबेसी एमाले चोकमा बिहीवार दिपप्रज्ज्वलन गरिदैँ । तस्वीर: सीताराम अधिकारी,

६. बिहीवार काठमाडौँमा भारतको सँस्कृति मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासद्वारा आयोजित गान्धीको तस्वीर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्टपति डा.रामवरण यादव । तस्वीर : चन्द्रकला क्षेत्री

 ७.बृहत साँस्कृतिक कार्यक्रम बाजुराको सदरमुकाम मार्तडीमा बिहीवारबाट आयोजना गरेको प्रथम बडिमालिका बृहत साँस्कृतिक कार्यक्रममा भोटेसेलो देखाउँदै बाजुराका जनजाति महिला पुरुष । तस्वीर : गंगराज पण्डित

८. रावा बेँसी गाउँपालिका–३ लामीडाँडाका स्थानीय कृषकले रोपेको सुन्तला । पछिल्लो समय सुन्तलाको बोट सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । तस्वीर : केदार मगर

९.नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार विराटनगर विमानस्थलमा स्वागत गर्दै प्रदेशसभा सदस्य एवम् पार्टीका कार्यकर्ता । तस्वीरः मनोज दाहाल

११. पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित दिवङ्गत भएकाको सम्झनामा बिहीबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको श्रद्धाञ्जजि सभामा मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

१२.कलाकारहरु सम्मानित कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर बिहीवारदेखि शुरु भएको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ मा नाटक ‘मूसल पर्व’ मा नाटक खेल्ने आरङ्ग नेपाल सुर्खेतका कलाकारहरुलाई सम्मानपत्र प्रदान गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल । तस्वीर : शुरबहादुर सिंह,

१३. कैलाली लम्की चुहा नगरपालिका– ३ चिसापानीबाट दुई किलो सुन र करिब १० किलो चाँदीसहित पक्राउ परेका अभियुक्तलाई पत्रकार सम्मेलनमार्फत बिहीबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली । तस्वीरः  मीन ठकुरी

 

१५. पाल्पाको रामपुर नगरपालिका–४ बाङ्गे पसल सिन्दुेरटार बस्ने २७ वर्षिय नौकला विक आफ्ना भाईसँगै कपाल फालेर बाबुको काजक्रिया गर्दै । यसरी कपाल फालेर आफ्ना अभिभावकको काजक्रिया गर्ने छोरी हाम्रो समाजमा कमै छन् । तस्वीर: सुशीला रेग्मी

 

‘सम्पूर्ण तस्वीर राससबाट’

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८