काठमाडौँ । कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीले टीकापुर घटनामा जन्मकैद पाएपछि राजपाले संघर्षको सुरसार गरेको छ। साढे तीन वर्षअघि संविधानविरुद्ध भएको आन्दोलन तात्कालीन सबै मधेसी पार्टीहरूको सहकार्यमा भएको प्रदर्शनका क्रममा टीकापुर घटना भएको भन्दै राजपाले आफ्ना सांसदलाई अपराधी घोषणा गर्नुलाई बदनियत भनेको छ।

टीकापुर घटनामा मुछिएका थिए, रेशमसहितका थारू अगुवा। कैलाली जिल्ला अदालतले बुधबार रेशमसहित ११ जनालाई जन्मकैद दिए पनि लक्ष्मण थारूलगायत केही रिहा भएका छन्। बुधबारको फैसलालगत्तै राजपाले अध्यक्षमण्डलको बैठक गरेर नेकपाको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संघर्षमा जाने घोषणा गरिसकेको छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले शनिबारदेखि पुनः बस्न लागेको राजपा बैठकले सरकारविरुद्धको संघर्षको खाका तय गर्ने बताए। ‘हामी अहिले छलफलमा छौं’, उनले भने, ‘शनिबारदेखि बस्ने बैठकले एउटा ठोस खाका तय गर्न सक्छ।’ राजपासँग संघर्षको विकल्प नभएको उनको भनाइ छ। तर यसअघिका आन्दोलनदेखि निर्वाचनसम्म सहकार्यमै रहेको संघीय समाजवादी फोरमले भने यस विषयमा मुख खोलेको छैन। प्रतिनिधिसभामा राजपाका १७ र फोरम नेपालका १६ सिट छन्।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री छन्। कैलाली अदालतको फैसलापछि शुक्रबार साँझसम्म फोरमको प्रतिक्रिया सार्वजनिक भएको छैन। फोरमका नेता पनि यसबारे मुख खोल्न पनि चाहन्नन्। पार्टीले पछिल्लो घटनाक्रमबारे केही धारणा नबनाएको र त्यसमा आफूले टिप्पणी नगर्ने फोरमका सहमहासचिव प्रकाश अधिकारीले बताए। केही समयअघि सरकारलाई राजपाले अल्टिमेटम दिएपछि फोरमले पनि प्रधानमन्त्रीलाई भेटेर आफूहरूसँग भएको सम्झौताबारे ध्यानाकर्षण गराएका थिए।

जेठमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सहमतिपत्रमा हस्ताक्षर गराएर फोरमसँग मधेस आन्न्दोलनको भावनाअनुरूप संविधान संशोधन हुने बताएका थिए। पार्टी अध्यक्ष यादवसँग छलफल नभएसम्म पार्टीको पछिल्लो धारणा बताउन नसक्ने फोरमका तर्फबाट प्रतिनिधिसभामा सांसद रहेका प्रदीप यादवको भनाइ छ। ‘अध्यक्षसँग मेरो कुरा हुन पाएको छैन’, उनले भने, ‘त्यसैले फोरम के गर्छ भन्ने म ठ्याक्कै भन्न सक्दिनँ।’ प्रदेश २ मा फोरम र राजपा दुवैको संयुक्त सरकार बनाए पनि पछिल्लो समयमा राजपा र फोरमबीच खासै संवाद देखिँदैन।

‘टीकापुर घटनादेखि नै चौधरीलाई प्रहरी प्रशासन र एउटा समुदायको तप्काले जसरी प्रस्तुत गरेको थियो, अदालतले त्यसैलाई कानुनी मान्यता मात्रै दिएको छ’, तराईमा बसेर पत्रकारिता गरिरहेका चन्द्रकिशोरले भने। राजपाले सरकारको समर्थन फिर्ता लिएको घटनालाई मधेसले सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ छ। साढे तीन वर्षअघि संविधानविरुद्ध सँगै आन्दोलनमा लाग्दा फोरम र राजपाले नयाँ सविधानमा व्यापक संशोधन मागेका थिए। उनीहरूले प्रदेशको सीमांकनमा समेत असन्तुष्टि जनाएका थिए। उनीहरू त्यति बेला संविधान सशोधनको खाका नै बनाएर प्रमुख दलहरु र सरकारलाई बुझाएको थियो। यो समाचार अन्नपूर्णमा छ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६