बनेपा – बनेपा बसपार्कमा वरिपरिका स्थानीय बासिन्दा र नगरपालिकाले नै फोहाेर जम्मा पार्दै आएपछि स्थानीयवासी तथा व्यवसायीले कसैलाई पनि फोहाेर फाल्न नदिने भन्दै रोक लगाएका छन्।

मरेका जनावरकाे सिनाेसमेत फोहाेरमा फाल्ने गरेका कारण सो क्षेत्रमा थप दुर्गन्ध फैलिएपछि स्थानीयवासी विराेधमा उत्रिएका हुन्।

पहिले श्रीखण्डपुरको सूचनाप्रविधि केन्द्र अगाडि फाेहाेर फाल्दै आएकोमा त्यहाँ धेरै नै दुर्गन्धित भएपछि केही महिनादेखि त्यहाँका बासिन्दाले फाेहाेर फाल्न नदिएपछि नगरपालिकाले बसपार्कमा फोहर जम्मा पारेर अन्यत्र फाल्ने व्यवस्था गर्दै आएको छ।

नगरभित्रका बजारबाट ल्याएको सबै फाेहाेर एकै ठाउँमा थुपार्ने र त्यहाँबाट अन्यत्र फाल्नका लागि लाने गरेका कारण दुर्गन्धले बसी नसक्नु भएको भन्दै नगरपालिका र अन्य स्थानीयवासीलाई समेत फाेहाेर फाल्न नदिन बसपार्क आसपासका व्यवसायी र स्थानीयवासीले गस्तीसमेत गर्न थालेका छन्।

बसपार्कका विकास मानन्धरले भने, ‘फाेहाेरमा मरेको जनावरको सिनो समेत फाल्ने गरेका कारण सो क्षेत्रमा थप दुर्गन्ध फैलिएपछि अब कसैलाई पनि फाेहाेर फाल्न नदिने भन्दै विरोधमा उत्रिएका हाैँ।’

‘नगरपालिकाले फोहाेरको समाधान चाँडोभन्दा चाँडो गर्नुपर्‍यो,’ उनले भने, ‘स्थानीय बासिन्दाको बीचमा फोहाेरको डङ्गुर थुपार्ने काम कसैको लागि पनि राम्रो होइन, यसैले नगरपालिकाले फाेहाेर छिट्टै उठाएर स्वच्छ वातावरण बनाउने काम गर्नुपर्छ।’

उनले बजारबाट सङ्कलन गरेका फोहाेरलाई सो ठाउँमा नराख्न अनुरोध गर्दै स्वच्छ भएर बाँच्ने अधिकारलाई सुनिश्चित गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

अर्का स्थानीय बासिन्दा राजेन्द्र तिमल्सिनाले फोहाेरका कारण वरिपरिका व्यवसायीको व्यवसायमा समेत नकारात्मक प्रभाव परेपछि त्यसको व्यवस्थापन छिटो गर्न नगरपालिकासँग आग्रह गरे।

बसपार्कका व्यवसायी अशोक सिंहले फोहाेरका कारण व्यवसायीदेखि नजिकै रहेको विद्यालयमा समेत असर गरिरहेको बताए। फोहाेरकै कारण विद्यार्थीले कक्षाकोठामा माक्स लगाएर पढ्नुपर्ने अवस्था भएको उनको भनाइ छ।

सूचनाप्रविधि केन्द्र अगाडिको ठाउँमा फोहाेर फाल्न रोक लगाएपछि बनेपा नगरपालिकाले फोहाेर व्यवस्थापन गर्न उचित स्थानको खोजी भइरहेको जनाएको छ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार