भरतपुर – जताततै प्लास्टिक र फोहाेर, भाँचिएको गेट, मर्मत नभएका संरचना। नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न भए।

“दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ,” काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बस्नुभएका उनले भने, “सालिकसमेत संरक्षण हुन नसकेकामा दुःख लाग्यो ।” उहाँसँगै आउनुभएका जनक अधिकारीले पनि उस्तै महसुस गर्नुभयो ।

दासढुङ्गामा मदन–आश्रितको सालिक भएको स्थानको उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्ष जेठ ३ गते भव्य कार्यक्रमको आयोजना गर्ने गरिए पनि पार्क र सालिकको समेत संरक्षण हुनसकेको छैन । “हामी सधैँ मदन भण्डारीको चर्चा गर्छौँ । जेठ ३ गते सालिकमा फूलमाला चढाउँछौँ । वर्षभरि सुत्छौँ, अनि फेरि अर्को वर्ष त्यही प्रक्रिया दोहोरिन्छ । मदन भण्डारीको सम्झनामा यति मात्र भएको छ”, नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले भन्नुभयो, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतासँग जोडेर काम गर्न सकेमात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो । दासढुङ्गालाई नेपालको राजनीतिको अध्ययन केन्द्र बनाउनुपर्नेमा ज्ञवालीको जोड छ ।

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भन्नुभयो, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” संरक्षण नहुँदा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । “यो सडक भएर यात्रा गर्दा जोकोहीले पनि आहा भन्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “म आफँै वडाध्यक्ष भए पनि केही गर्न सकेको छैन ।” दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उहाँले बताउनुभयो । कतिपय ट्रक त्यहीँ रोकेर चालकले मदन–आश्रितको सालिक नजिकै गएर खाना पकाएर खाने गरेको उहाँले बताउनुभयो । उहाँले दासढुङ्गामा ऐतिहासिक संरचना निर्माण गरेर सबैलाई आकर्षित गर्नुपर्ने भन्दै सरकारको ध्यान केन्द्रित हुन नसकेको दुखेसो पोख्नुभयो । प्रत्येक हप्ता स्थानीयस्तरबाट दासढुङ्गाको सरसफाइ गर्ने गरिए पनि एक÷दुई दिनमै उस्तै हुने गरेको उहाँको भनाइ छ ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले २५ वर्षसम्म दासढुङ्गामा केही पूर्वाधार निर्माणबाहेकका ठोस काम गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले अब गुरुयोजना निर्माण गरेर त्रिशूली र नारायणी नदीसँग जोडेर एकीकृत विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले दासढुङ्गामा झोलुङ्गे र पक्की पुल निर्माण गरिएको बताउनुभयो । पछिल्लो समय प्रदेश र केन्द्र सरकारले एकीकृत विकासका लागि चासो देखाएकाले छिट्टै दासढुङ्गाको मुहार फेरिनेमा उहाँको विश्वास छ ।

दासढुङ्गा घटनापश्चात पूर्व सांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन । मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले गुरुयोजना निर्माण गरेर दासढुङ्गाको विकास गर्न लागिएको बताउनुभयो । दासढुङ्गामा मदन–आश्रित पार्क निर्माणका लागि करीब दुई बिघा जग्गा लिइएको छ । सो जग्गामा पार्क र नदीसँग जोडेर एकीकृत विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको जिप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो ।

भरतपुर – जताततै प्लास्टिक र फोहाेर, भाँचिएको गेट, मर्मत नभएका संरचना। नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न भए।

उनले भने, “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ, सालिकसमेत संरक्षण हुन नसकेकामा दुःख लाग्यो।” उनीसँगै आएका जनक अधिकारीले पनि उस्तै महसूस गरे।

दासढुङ्गामा मदन–आश्रितको सालिक भएको स्थानको उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन। प्रत्येक वर्ष जेठ ३ गते भव्य कार्यक्रमको आयोजना गर्ने गरिए पनि पार्क र सालिकको समेत संरक्षण हुन सकेको छैन।

“हामी सधैँ मदन भण्डारीको चर्चा गर्छौँ। जेठ ३ गते सालिकमा फूलमाला चढाउँछौँ। वर्षभरि सुत्छौँ अनि फेरि अर्को वर्ष त्यही प्रक्रिया दोहोरिन्छ। मदन भण्डारीको सम्झनामा यति मात्र भएको छ,” नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले भने, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।”

जनतासँग जोडेर काम गर्न सकेमात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए। दासढुङ्गालाई नेपालको राजनीतिको अध्ययन केन्द्र बनाउनुपर्नेमा ज्ञवालीले जोड दिए।

दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भने, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ।” संरक्षण नहुँदा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

“यो सडक भएर यात्रा गर्दा जो कोहीले पनि आहा भन्ने बनाउनुपर्छ,” उनले भने, “म आफैँ वडाध्यक्ष भए पनि केही गर्न सकेको छैन।” दासढुङ्गामा व्यवस्थित तारजालीको व्यवस्था गर्न नसकिएको उनले बताए। कतिपय ट्रक त्यहीँ रोकेर चालकले मदन–आश्रितको सालिक नजिकै गएर खाना पकाएर खाने गरेको उनले बताए।

उनले दासढुङ्गामा ऐतिहासिक संरचना निर्माण गरेर सबैलाई आकर्षित गर्नुपर्ने भन्दै सरकारको ध्यान केन्द्रित हुन नसकेको दुखेसो पोखे। प्रत्येक हप्ता स्थानीयस्तरबाट दासढुङ्गाको सरसफाइ गर्ने गरिए पनि एक/दुई दिनमै उस्तै हुने गरेको उनको भनाइ छ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले २५ वर्षसम्म दासढुङ्गामा केही पूर्वाधार निर्माण बाहेकका ठोस काम गर्न नसकिएको स्वीकार गरे। उनले अब गुरुयोजना निर्माण गरेर त्रिशूली र नारायणी नदीसँग जोडेर एकीकृत विकास गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले दासढुङ्गामा झोलुङ्गे र पक्की पुल निर्माण गरिएको बताए। पछिल्लो समय प्रदेश र केन्द्र सरकारले एकीकृत विकासका लागि चासो देखाएकाले छिट्टै दासढुङ्गाको मुहार फेरिनेमा उनी विश्वास्त छन्।

दासढुङ्गा घटनापश्चात् पूर्वसांसद स्व. जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो। समितिले शुरुआत चरणमा केही काम गरे पनि ठोस रूपमा दीर्घकालीन काम हुनसकेको छैन।

मदन भण्डारी फाउन्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले गुरुयोजना निर्माण गरेर दासढुङ्गाको विकास गर्न लागिएको बताए। दासढुङ्गामा मदन–आश्रित पार्क निर्माणका लागि करिब २ बिघा जग्गा लिइएको छ। सो जग्गामा पार्क र नदीसँग जोडेर एकीकृत विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको उनले जानकारी दिए।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ। विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४