बुटवल – रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ गरेका छन्। शुक्लाले मर्चवारस्थित आफ्नै निवासमा आइतबार एक कार्यक्रम गरी पार्टी परित्याग गरेको घोषणा गरे।

शुक्लासँगै उनकी श्रीमती प्रदेशसभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी पल्लवी शुक्लाले पनि पार्टी परित्याग गरेकी छन्।

स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए।

पार्टी त्यागेको घोषणा गर्दै उनले भने, ‘यस क्षेत्रका समस्या समाधान गर्न पार्टीका महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, अन्य केन्द्रीय स्तरका नेताहरूलाई पनि पटक-पटक अनुरोध गरेँ। त्यसको कुनै सुनुवाई भएन। त्यसैले पार्टी परित्याग गरेका हौँ।’

उनले आफूहरुसँगै झण्डै १ हजार जनाले नेकपा परित्याग गरेको घोषणा गरेको बताए। नेकपाले जिल्लाको पिछडिएको क्षेत्र मर्चवारका जनतालाई वेवास्ता र पार्टीका विभिन्न समिति गठनमा आफूहरूलाई वाइपास गरिएकाले बाध्य भएर पार्टी छोडनु परेको दुवैको भनाई छ। ‘नेताहरुले अपमान हुने ढंगले व्यवहार गरेकाले पार्टी छोडेका हौँ। तत्काल कुनै पार्टीमा प्रवेश गर्न आफूहरूको योजना छैन,’ शुक्लाले भने।

मर्चवारलाई नेकपाको कमजोर क्षेत्र मानिन्छ। आफूहरूको उपस्थिति बलियो बनाउन तत्कालीन एमाले नेता बामदेव गौतम आएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४