लमही – प्रदेश नं. ५ का प्रदेशसभा सदस्य स्व. उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ।

दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो।

छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्त्वपूर्ण योग्दान गरेको भन्दै उनको योगदानस्वरूप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए। “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “उहाँको सम्मानस्वरूप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ।”

दाङको दङ्गीशरण गाउँपालिकाले वडा नं. ६ लेटारमा ओलीको सम्झनामा उनको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए। “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पुर्‍याउने एउटा पुल गुमाएका छौँ,” उनले भने, “स्व. ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ।”

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व. ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ। तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका एजेन्डा समृद्धिका लागि अगाडि सारिने तथा उनको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताए।

“स्व. ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेन्डा अघि सारेका थिए,” उनले भने, “तर उहाँले ती योजना पूरा गर्न पाउनु भएन, उब उहाँले अघि सारेका एजेन्डा हामीले पूरा गर्नुपर्छ।”

उनले स्व. ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेकोसमेत बताए।

शान्तिनगर गाउँपालिकाले पनि स्व. ओलीले बनाएका महत्त्वपूर्ण एजेन्डालाई पूरा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। तत्कालीन नेकपा एमालेबाट २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका ओली २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा भने भारी मतान्तरले विजयी भएका थिए।

विसं २०४१ मा जन्मिएका ओलीको सवारी दुर्घटनामा परी यही फागुन ९ गते निधन भएको थियो। माघ २४ गते घोराही–३ चिसापानीनजिकै ओली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनापश्चात् गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा ललितपुरमा उपचारका क्रममा निधन भएको हो। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४