काठमाडौँ – विश्वप्रसिद्ध फ्रान्सेली लेखक सिमोन डी बियभोरले भनेकी छन्, ‘आई एक्सेप्ट दी ग्रेट एड्भेञ्चर अफ बीइङ मी।’ चुनौती स्वीकार गर्दै साहसिक यात्रामा निस्किने मानिसले नै सघन चिन्तनमार्फत नवीन समाज निर्माणमा योगदान दिन सक्छन्। उनीहरूले नै परिस्कृत समाज निर्माण गर्ने दायित्व पनि बहन गर्छन्।

‘अरूभन्दा अलग हुन नडराउनु तर समाजका अन्य व्यक्तिजस्तै बन्न चाहिँ डराउनु’ भन्ने उक्तिलाई दृष्टिगत गर्दै काठमाडौँ जोरपाटीकी मीरा पोखरेल पनि सामाजिक रूपान्तरणका लागि अघि बढिरहेकी छन्। आर्थिक रूपमा सबल बन्ने र राष्ट्रको आमूल परिवर्तनका लागि रचनात्मक काम गर्ने लक्ष्यका साथ उनी स्वदेशमै उत्पादनमूलक र सिर्जनात्मक क्षेत्रमा खट्दैछिन्।

मीरा भन्छिन्, ‘नेपाल अथाह सम्भावना भएको मुलुक हो, तर राजनीतिक नेतृत्व, असन्तुलित कार्यव्यवहार र दीर्घकालीन सोच अभावले हाम्रो देश विकसित र समृद्ध बन्नै सकेन, त्यसैले अब युवा अघि सर्नुपर्छ।’

आमनेपाली महिलाभन्दा बिल्कुलै फरक सोच राख्छिन् मीरा। काठमाडौँमा प्राय: महिला स्कुटर प्रयोगकर्ता छन्। केही सीमित महिला छन्, जो मोटरसाइकल चलाउँछन्। त्यही अलगमध्ये एक हुन् मीरा, जो पल्सर मोटरसाइकल प्रयोग गर्छिन्।

यो एउटा मात्रै उदाहरण हो। महान् सोचकी धनी मीरा राष्ट्रिय आविस्कार केन्द्रकी व्यवस्थापक हुन्, उत्प्रेरक वक्ता पनि हुन्। संघर्षशील मीराको अढाइ दशकको जीवनयात्रा तमाम् नेपाली युवाका लागि प्रेरणादायी छ।

प्युठानदेखि काठमाडौँसम्म

कृषि विकास बैङ्कका जागिरे डुकनारायण पोखरेल र सावित्रा पोखरेलकी पहिलो सन्तानका रूपमा मीराको जन्म विसं २०५० असार १२ गते शनिबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको हो। प्युठानको मल्लरानी गाउँपालिका घर भएका पोखरेल दम्पती जागिरको सिलसिलामा सल्यानमा थिए।

बुवाको सल्यानबाट दाङ सरुवा भएपछि मीराले कक्षा ६ सम्म दाङमै पढिन्। १ र २ कक्षा तुलसीपुरको शिखा अंग्रेजी बोर्डिङ स्कूलमा पढेकी उनले माउन्ट भ्यू स्कूलबाट कक्षा ५ पास गरिन्।

त्यसपछि मीराको परिवार काठमाडौँ आयो। काठमाडौँ आएपछि उनी जोरपाटीस्थित सांग्रिला पब्लिक स्कूलमा पढ्न थालिन्। विसं २०६५ मा ८९ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेकी मीराले प्लस टू गोल्डेन गेट कलेजबाट पूरा गरिन्। इन्ट्रान्समा सर्वाेत्कृष्ट भएकी उनले पूर्ण छात्रवृत्तिमै ८३ प्रतिशत अंक हासिल गर्दै प्लस टू पास गरिन्।

मीराको पढ्ने पनि आफ्नै शैली छ। ‘एसएलसीको समयमा पनि अलि मेहनत गर्थें, दिनभरि पढेको कुरा सुत्ने बेलामा सोचेर सुत्थेँ, बिहान पनि एकपटक सरसर्ती याद गर्थें,’ उनी भन्छिन्, ‘एसएलसी पनि राम्रो भयो, प्लस टू पनि राम्ररी नै पास भएँ।’

सीए पढ्न दिल्ली, औपचारिक शिक्षा पनि एकैसाथ

कक्षा ७ मा पढ्दा नै मीराले भविष्यको लक्ष्य निर्धारण गरिसकेकी थिइन्। उनी भन्छिन्, ‘बाबा बैंकिङ क्षेत्रमा रहनुभएकाले मलाई पनि वित्तीय क्षेत्रमै केही गर्नुपर्छ भन्ने सोच आएको थियो, त्यसैले सीए पढेँ।’

विसं २०६९ मा प्लस टू पास भएपछि मीराले ‘कमन प्रफिसेन्सी टेस्ट सीपीटी’को ‘कोचिङ प्राइम सीए’बाट गरिन् अनि भारतको दिल्ली गइन् चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न। वित्तीय क्षेत्रको गहन अध्ययन गर्ने विद्यालय तहमै पलाएको उनको सोचलाई सत्यमा बदल्ने दिन नजिक–नजिक आउँदै थियो।

‘हाम्रो समाजको आर्थिक संरचनालाई दृष्टिगत गर्दा प्युठानको समाज पनि मैले देखेँ, काठमाडौँको समाजलाई पनि अध्ययन गरेँ र सीए नै विकल्प रहेछ भन्नेमा प्रस्ट भएँ,’ मीरा भन्छिन्, ‘मेरो अल्टिमेट भिजन भनेको चाहिँ राष्ट्रिय राजनीति नै हो।’

सीए पढ्न दिल्ली गएकी मीराले स्नातकोत्तर तहको पढाइ पनि पूरा गरिन्। उनले सीएसँगै इन्दिरा गान्धी विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरिन्।

दिल्लीको विकास र समृद्धि ‘मोटिभेशन’

सीए अध्ययनका लागि दिल्ली पुगेकी मीरा दिल्लीको विकास देखेर उत्साहित भइन्। ठूला–ठूला सडक, भव्य भवन र आलिशान व्यापारिक प्रतिष्ठानहरूले समृद्धि र विकासको प्रस्ट संकेत गर्छ। रोजगारीको अवसर त छँदैछ।

‘तर, काठमाडौँको बेहाल अवस्थाले मलाई पिरोल्थ्यो, समाचार पनि हेर्दिनथेँ, दिल्ली बस्दा मैले जसरी पनि पढाइ पूरा गर्नु छ, र मेरो लक्ष्य पूरा गर्न मैले आफ्नै देश फर्किएर काम गर्नुछ भन्ने सोच आउँथ्यो,’ उनी भन्छिन्, ‘दिल्लीको विकास नै मेरा लागि उत्प्रेरणा बन्यो।’

सीए सकेपछि दिल्लीमै प्लेसमेन्ट हुन्थ्यो। तर, मीरा नेपाल फर्किएर आफूसँग भएको ज्ञान र समयको सदुपयोग गर्न थालिन्।

‘अहिलेको पुस्तासँग प्रत्यक्ष संवाद गर्न र हामी तथा अहिलेका पुस्ताको सोचाइका कति फरक छ भन्ने कुरा बुझ्न पनि मैले पढाउने सोच बनाएकी हुँ,’ उनी भन्छिन्, ‘शुरुमा २–४ वटा कलेजमा कुरा भएको थियो, क्वीन मार्गरेट विश्वविद्यालयबाट सम्बन्धनप्राप्त एस इन्टरनेशनल बिजिनेश स्कूलले बोलाएपछि अहिले म बीबीएलाई ‘ट्याक्सेशन’ विषय पढाउँछु।’

राष्ट्रिय आविष्कार केन्द्रकी मेनेजर, यस्तो छ योजना

अध्यापनसँगै राष्ट्रिय आविष्कार केन्द्रमा पनि काम गर्छिन् सीए मीरा। व्यवस्थापन (मेनेजर)को जिम्मेवारीमा रहेकी मीराले केन्द्रको फाइनान्स र एड्मिनिस्ट्रेशन हेर्छिन्।

‘नेपाल आएपछि केही सिर्जनात्मक काम गर्ने सोच थियो, राष्ट्रिय आविष्कार केन्द्रमा जोडिन पुगेँ भने त्यही लेभलको सर्कल बन्छ, महावीर पुन सरले गर्नुभएको रचनात्मक कामबारे धेरै सुनेकी थिएँ, यो मेरा लागि अवसर पनि हो,’ उनी भन्छिन्, ‘त्यसैले राष्ट्रिय आविस्कार केन्द्रमा काम गर्न थालेकी हुँ।’

कीर्तिपुरमा कार्यालय रहेको यस केन्द्र पब्लिक फन्डबाटै सञ्चालन भइरहेको छ। आफ्नै आयबाट संस्था चल्न सक्ने अवस्थामा पुर्‍याउने योजनाका साथ केन्द्रको टिम लागेको छ। मीरा भन्छिन्, ‘५–६ महिनामै राष्ट्रिय आविस्कार केन्द्रलाई ‘सेल्फ सस्टेन’ गर्न सक्ने स्थितिमा पुर्‍याउने हाम्रो लक्ष्य हो, यसका लागि मेकानिज्म तयार हुँदैछ।’

राष्ट्रिय आविष्कार केन्द्रले अहिले मेडिकल ड्रोन प्रोजेक्ट सञ्चालन गरिरहेको छ। जुन एक महिनामै पूरा हुने उनले बताइन्। ‘रिमोटकै सहायतामा चाहिएको स्थानमा पुर्‍याउन सकियोस् भन्ने लक्ष्यका साथ मेडिकल ड्रोन निर्माण गरिएको छ, १ महिनापछि अस्पताललाई प्रदान गर्ने हाम्रो तयारी छ,’ उनले भनिन्।

यसैगरी केन्द्रले बेबी इन्क्युभेटर निर्माण गरेको मीराले जानकारी दिइन्। महिना नपुग्दै जन्मिएको बच्चालाई राख्न बनाइएको बेबी इन्क्युभेटर आधिकारिक रूपमा स्टान्डर्ड भेरिफिकेशन गरेर सञ्चालनमा ल्याइनेछ।

‘महिना नपुगी जन्मिएका बच्चालाई जण्डिस भएको हुन्छ, त्यसको उपचारका लागि फोटो थेरापी युनिट पनि इन्स्टल गरिएको छ,’ मीरा भन्छिन्, ‘सबै सामग्री व्यावसायिक प्रयोजनकै लागि उत्पादन गरिनेछ।’

त्यसैगरी केन्द्रले पोखरा स्कूल म्यानेजमेन्ट सफ्टवेयरको काम गरिरहेको छ, जहाँ विद्यार्थीलाई कापी, किताबविना नै अध्ययन गर्ने प्रबन्ध गरिएको हुन्छ। ‘सफ्टवेयर कम्पनी खोल्ने तयारी भइरहेको छ, साथै जिञ्जर ड्रिंक्स पनि बनाएका छौँ, अल्कोहलिक र ननअल्कोहलिक,’ मीरा भन्छिन्, ‘यी सबै सामग्रीको व्यावसायिक उत्पादन गरी राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक रूपमा सबल बनाउनु पर्ने चुनौती अहिले हामीमाथि छ।’

आर्थिक रूपमा सबल बन्ने, गन्तव्यचाहिँ राजनीति

मार्क्सवादी चिन्तक इपी थोमशनले भनेका छन्, ‘क्रान्ति परम्परागत रूपमै तल्लो तहबाटै उद्घोष हुँदै आएको छ। र, त्यही क्रान्तिले परिवर्तन सुनिश्चित गर्छ, आमूल परिवर्तन गरेरै छाड्छ। साथै, त्यही क्रान्तिले नै नवीनतम् समाज निर्माण गर्छ। तर, त्यसका लागि एउटा ट्रिगर चाहिन्छ, योद्धा चाहिन्छ।’

थोमशनले भनेजस्तै एक ‘ट्रिगर’ हुन्– मीरा, जसले नेपाली समाज रुपान्तरणको अभियानलाई भविष्यमा नेतृत्व गर्न सक्छिन्। असमानताले ग्रस्त नेपाली समाजलाई बदल्ने उनको अभियान शुरु भइसकेको छ। छोरीलाई हेर्ने दृष्टिकोण न्यायपूर्ण हुनुपर्ने धारणा मीराको छ।

‘समानताको व्यवहार हुनुपर्‍यो, छोराछोरीका लागि एउटै स्कूल, एउटै सोच, समान पहुँच र मनोवैज्ञानिक रूपमा पुरुषभन्दा कमजोर हुन्छन् महिला भन्ने विभेदपूर्ण सोच अन्त्य होस् भन्ने मेरो चाहना हो,’ मीरा भन्छिन्, ‘अनि मात्रै महिलाले पनि यो समाजको अंग हौँ भन्ने अवस्था आउँछ।’

विकट क्षेत्रहरूका महिलामा सचेतना प्रदान गर्न सशक्तीकरण अत्यन्तै प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा छ। ‘नीति निर्माण गरी न्यायपूर्ण र समानतामूलक समाज बनाउनु नै अबको पुस्ताको दायित्व हो,’ उनले भनिन्, ‘परिवर्तन निश्चित छ, तर यसका लागि समाजका स–साना इकाइ पनि तयार हुनुपर्छ।’

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४