बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ।

गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा नं ६ को म्हेदाम्सुबाट परीक्षण गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए। सो गाउँपालिकाको मुलखोलाचौरबाट वडा नं ३ को नारायणटारस्थित खेतको फाँटमा अवतरण गरिएकामा सफल भएको अध्यक्ष तिमल्सिनाले बताए।

उनले भने, ‘हामीले अहिलेको लागि गाउँपालिकाको कुन-कुन ठाउँबाट प्याराग्लाइडिङ उडान गर्न सकिने रहेछ भनेर पोखराका प्याराग्लाइडिङ व्यवसायी बोलाएर परीक्षण गरेका हौँ” अहिलेसम्म गरेको परीक्षणमा मुलडाँडा र वडा नं ६ म्हेदाम्सुबाट रोसीखोलामा अवतरण गरी सफल परीक्षण सम्पन्न गरेका छौँ।”

वडा नं ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले मुलडाँडाबाट आधा घण्टासम्म आकाशमा उडाएर नारायणटार खेतमा अवतरण गरिएको बताए।

चार पाइलटले बेथानचोकको विभिन्न ठाउँमा परीक्षण उडानको लागि सम्भावित ठाउँको खोजी गर्दा दुई ठाउँ उपयुक्त भएको जनाएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए। परीक्षण सफल भएकाले अब त्यसलाई सम्बन्धित निकायमा व्यवसायिक रुपमा उडान अनुमति लिने प्रक्रियामा लाग्ने उनले बताए ।

सोही टोलीले यसअघि काभ्रेपलाञ्चोकको धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धबाट शंखको दाहालटारमा पनि परीक्षण उडान गरेको थियो। एक वर्ष अगाडि पनौति नगरपालिकाको गुर्दुमडाँडाबाट अनुमति लिएर उडान परीक्षण गरेको भए पनि त्यसलाई सम्बन्धित निकायबाट अुनमति लिएर व्यवसायिकता दिने काम भएको छैन। रासस

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार