बनेपा – काभ्रेपलाञ्चोकको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेकाे छैन।

बनेपा, धुलिखेल र पनौती गरी ३ नगरपालिकाका बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत ६ वर्ष अगाडि शुरु भएको उक्त खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नभएको हाे।

आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले सो खानेपानी आयोजना २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ बताए। उनले भने, ‘सम्झौतअनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो तर अहिलेसम्ममा ९५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।’

‘अहिलेको निर्माण कार्यको म्याद थप सातौँ पटकको हो,’ श्रेष्ठले भने, ‘अहिलेसम्ममा भौतिक प्रगति (संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर) ९५ प्रतिशत काम भएको छ।’ त्यससँगै वित्तीय प्रगति (खर्च) ७२ प्रतिशत भएको उनको भनाइ छ।

त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरिसक्नुपर्नेछ। ५ प्रतिशत भौतिक काम (पाइप लाइन नै बिच्छ्याउने) बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै ३ महिना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए।

आयोजना प्रमुख श्रेष्ठले समयावधिको हिसाबले सातौँ पटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने बताए। एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले आयोजना आकाशको फल जस्तै बनेको उपभोक्ता बताउँछन्।

बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भने, ‘एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ भने अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौं भइसक्यो।’

बनेपामा खानेपानीको हाहाकार नै रहेको छ। जसका कारण घरधनीदेखि भाडामा बस्ने मानिस नजिकैको ढुङ्गेधारा धाउन बाध्य भएका छन्। ‘भएको खानेपानी पनि फोहाेर लेदो मिसिएको पानी आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताए।

शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको ३ नगरपालिकाका गरी कुल ९२ हजार ८ सय ३० जनसङ्ख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले १ लाख ३९ हजार ४ सय २२ जनसङ्ख्यालाई खानेपानी पुर्‍याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ।

उक्त खानेपानी आयाेजनामा नेपाल सरकार, एशियाली विकास बैंक (एडीबी), तीनवटै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कुल रु. १ अर्ब १२ करोड ६ सय लगानी हुनेछ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४