सुर्खेत – कर्णाली प्रदेश सभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको चन्दा आतंक रोक्न सरकारसँग माग गरिएको छ। आइतबार कर्णालीका सांसदहरुले शान्ति सुरक्षाको विषयलाई चर्को रुपमा उठान गरेका छन्।

प्रदेशसभा बैठकमा विप्लव समूहले गाउँघरमा अपराधिक गतिविधिलाई सक्रिय बनाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्। कर्णालीका स्थानीय तहमा विप्लव समूहको चन्दा आतंक बढ्दै गएकाले त्यसलाई नजरअन्दाज नगर्न सत्ता पक्षकै सांसद अमरबहादुर थापाले सरकारको ध्यानाकर्षण गराए।

विप्लव समूहद्वारा अहिले हरेक जिल्लामा चन्दा आतंक मच्चाएको उनले गुनासो गरे। ‘शान्ति सुरक्षामा अहिले निकै समस्या देखिएको छ, विप्लवको चन्दा आंतकले स्थानीय सरकार र उद्योगी व्यवसायी समस्यामा छन्,’ उनले भने, ‘कतिपय स्थानीय सरकार चन्दा दिन बाध्य छन्। जनप्रतिनिधिलाई सरकार चलाउनै समस्या छ।’ उनले चन्दा आतंकका कारण कतिपय उद्योगी व्यवसायीले आफ्नो व्यवसाय धान्नै मुस्किल भएको बताए। ‘गाउँबस्तीमा शान्ति सुरक्षामा कमी भएको महशुस भएको छ, त्यसतर्फ प्रदेश सरकारको ध्यान जाओस्,’ उनले भने।

यस्तै सांसद पद्मीकुमारी बोहराले कर्णालीका हिमाली जिल्लामा हिमपातका कारण सयौँ चौरी मरेको भन्दै उचित क्षतिपूर्ति दिनका लागि सरकारको ध्यानाकर्षण गराईन्। विशेष समयमा सांसद कृष्णा शाह र मिना रखालले आफ्ना भनाई राखेका थिए।

प्रश्नोत्तरको व्यवस्था गर्न माग

प्रदेशसभा बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल-जवाफ गर्ने व्यवस्था गर्न माग भएको छ। प्रदेशसभाको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद धर्मराज रेग्मीले संविधानले गरेको व्यवस्था अनुसार प्रदेश सरकारका मुख्मन्त्री तथा मन्त्रीसँग प्रदेशसभामा नै प्रत्यक्ष प्रश्न-उत्तर गर्ने व्यवस्था गर्न माग गरेका हुन्।

सांसद रेग्मीले स्थानीय तहका केन्द्रका विवाद सुल्झाउन संविधानको धारा २३५ मा प्रदेशसभालाई जिम्मा दिएकाले त्यो अनुसारको कानुन ल्याउन सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष माग पनि गरे। यस्तै विशेष समयमा नै बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश विकासको भिजन के हो? भनेर प्रश्न गरे।

‘मिडियालाई अन्तर्वार्ता दिँदा केही गर्न सकिँदैन, सकेको छैन भनेर निराशावादी कुरा गर्नुभएको मैले थाहा पाएँ,’ उनले प्रश्न गरे, ‘जिम्मेवार सरकारका मुख्यमन्त्रीले निराशावादी कुरा गरे अन्य मन्त्रीहरुले के आशावादी भएर काम गर्न सक्छन्?’ कर्णाली प्रदेश सरकारले सक्ने कुरामा पनि काम गर्न नसकेको उनले आरोप लगाए।

सरकारका विकासका काम दिउँसै टर्च बालेर खोज्दा पनि नदेखिएको भन्दै सरकारले गफमै समय बर्बाद गरेको उनको आरोप छ। ‘मन्त्रीले रातो किताबमा राखेका सदनले पास गरेका योजना पनि स्थान्तरण गरेको सुनेको छु,’ शाहीले भने ‘यसो किन गरिएको छ, कर्णाली प्रदेशको शिर नझुकाउन आग्रह गर्दछु।’

विधेयकमाथि टेबुल

आईतबारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमा खेलकुदको विकास गर्न बनेको विधेयक २०७५ लाई टेबुल गरेका छन्। यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरेको कर्णाली प्रदेशमा सुशासनका लागि बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल भएको छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७