हरि अधिकारी


चुरे दक्षिणको भूभागलाई नेपालबाट छुट्याएर स्वतन्त्र मधेस राष्ट्र खडा गर्ने घोषणा गर्दै विगत ७–८ वर्षदेखि तराईका केही जिल्लाहरूमा प्रचारात्मक गतिविधि गर्दै आएका डाक्टर चन्द्रकान्त (सीके) राउतसँग राज्यले ११ बुँदे राजनीतिक सम्झौता गरेको छ। सम्झौतामा हस्ताक्षर गर्न राजधानीको राष्ट्रिय सभागृहमा एउटा भव्य कार्यक्रम आयोजना गरिएको थियो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट सीकेले हस्ताक्षर गरेका थिए।

वास्तविक राजनीतिक तागतका हिसाबले जिरो तर देशी–विदेशी पञ्चमाङ्गीहरूका लागि हिरो रहेका रहस्यमय सीकेलाई देशभित्र रहेको अर्काे समानान्तर विद्रोही राजनीतिक शक्तिको हैसियत प्रदान गर्ने यो शङ्कास्पद अभियानको नेतृत्व प्रधानमन्त्री केपी ओली स्वयंले गरेका थिए। सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा ओलीले भाग मात्र लिएनन्, त्यस सभालाई सम्बोधन पनि गरे। आफ्नो भाषणमा ओलीले राउतको मुक्तकण्ठले प्रशंसा गर्दै उनको चतुर्‍याइँ नेकपाका अर्का अध्यक्ष पूर्व माओवादी नेता पुष्पकमल दाहालको समकक्ष रहेको दाबी पनि गरे।

सरकार र राउतबीच भएको ११ बुँदे सम्झौता पूरै एकतर्फी छ– राउतलाई फाइदै फाइदा गराउने खालको र नेपाल तथा नेपालीका लागि जोखिमले भरिएको।

आवश्यकता, औचित्य र लाभहानिका दृष्टिले अखण्ड नेपाल राष्ट्रका लागि घोर नकारात्मक र प्रत्युत्पादक यो ११ बुँदे सम्झौतामा हस्ताक्षर गरी राउतको पाउमा टक्र्याउन ओलीहरूले न्यायपालिकामाथि अवाञ्छित प्रभाव पारेको आशङ्कासमेत गरिएको छ। यही आत्मसमर्पणवादी कार्यसम्पादनका लागि ओली प्रशासनले विखण्डनवादी र देशद्रोह उन्मुख गतिविधिको नेतृत्व गरेको आरोपमा रौतहट जिल्ला अदालतको आदेशमा गौर जेलमा थुनामा रहेका राउतलाई केही दिनअघि काठमाडौँ जेलमा ल्याएको थियो।

अदालतबाट रिहा हुने, नहुने कुराको टुङ्गो नलाग्दै राउतसँग ओलीका भारदारहरूले पटक पटक वार्ता गरेका थिए। राष्ट्रिय सभागृहमा सीकेका लागि रातो गलैँचा ओछ्याइसकेको कुरा सुनाएलगत्तै सर्वोच्च अदालतले सीकेलाई थुनाबाट मुक्त गर्ने आदेश दिएको थियो। सो आदेश प्रधानन्यायाधीश पदमा बहाल भएका घडीदेखि नै सरकारमा भएका मानिसहरूको समूहलाई खुशी पार्ने एकसूत्री एजेन्डा पूरा गर्न पटुकी कसेर लागेका भनी चर्चित चोलेन्द्रशमशेर राणा नेतृत्वको इजलासले दिएको थियो।

सरकार र राउतबीच भएको ११ बुँदे सम्झौता पूरै एकतर्फी छ– राउतलाई फाइदै फाइदा गराउने खालको र नेपाल तथा नेपालीका लागि जोखिमले भरिएको। सम्झौताको पहिलो बुँदाका अनुसार राउतले नेपालको वर्तमान संवैधानिक व्यवस्थालाई स्वीकार गरेको देखिन्छ तापनि लगत्तै दोस्रो बुँदामा जनअधिकारका कतिपय माग र सवालहरूको टुङ्गो जनअभिमतबाट लगाउने भनेर राउतलाई खेल्ने ठाउँ दिइएको छ।

राउतले सम्झौतामा कहीँ पनि आफूले यसअघि राख्दै आएको स्वतन्त्र मधेस राज्यको माग गलत थियो र आइन्दा त्यस्तो विखण्डनकारी माग राख्ने छैन भनी कबुल नगरेकाले त्यसको छिनोफानो जनअभिमत, अर्को शब्दमा भन्ने हो भने जनमत सङ्ग्रहबाट गर्नुपर्ने माग जहिले पनि राख्नसक्ने ठाउँ पाएका छन्। राउतले त्यसको भरपूर फाइदा लिनेछन्।

ओलीले यो सम्झौतामार्फत राउतलाई भविष्यमा उनले राख्ने माग सम्बोधन गर्न राज्य जनमत सङ्ग्रह गराउन तयार छ भन्ने कबुलियतनामा गरिदिएका हुन्। यो पनि जाहेर छ, राउतले राख्ने माग भनेको देशको विखण्डन नै हो।

यसको छनक पनि उनले दिइसकेका छन्। सम्झौताको लगत्तै प्रेससँग मुखातिब उनले भने, ‘हामीले जनअधिकारको प्राप्ति जनमत सङ्ग्रहबाटै गर्ने हो।’ सरकारसँग भएको सम्झौताले हामीलाई त्यसको हक प्राप्त भएको छ। राउतले बारम्बार उच्चारण गर्ने गरेको जनअधिकार भन्ने शब्दको व्याख्या भएको छैन तर उनले स्वतन्त्र मधेस राज्यको माग छोडेको कुरा कतै पनि उल्लेख गरिएको छैन। र, सरकारले सम्झौतामार्फत यिनको कथित ‘स्वतन्त्र मधेस गठबन्धन’लाई औपचारिक मान्यता दिएकाले यो जनअधिकार भनेको ‘स्वतन्त्र मधेस राज्य’ नै हो अथवा कालान्तरमा त्यसै रूपमा राजनीतिक एजेन्डा बनेर उभारमा आउनेछ भन्ने कुरा बुझ्न गाह्रो छैन।

लाटाले पनि बुझ्ने कुरा के हो भने संविधानमा उल्लेख भएका विषयहरूमा नयाँ जनअभिमत खोजिँदैन। सम्झौतामा उल्लेख भएको जनअभिमत नियमित आवधिक चुनाव हुन सक्दैन। सम्झौतामा लाजगालले शब्दलाई अलि अस्पष्ट पारेको भए पनि प्रम ओलीले यो सम्झौतामार्फत राउतलाई भविष्यमा उनले राख्ने माग सम्बोधन गर्न राज्य जनमत सङ्ग्रह गराउन तयार छ भन्ने कबुलियतनामा गरिदिएका हुन्। यो पनि जाहेर छ, राउतले राख्ने माग भनेको देशको विखण्डन नै हो।

यो कुरा राम्रोसँग बुझेका राउतले आफ्नो जीतको खुशियाली सानदार ढङ्गले मनाएका छन्। हिजो जनकपुर पुगेका उनको स्वागतका लागि जम्मा भएको जनसमुदायले ‘स्वतन्त्र मधेस राज्य’को स्पिरिट अनुसारको वातावरण बनाएको थियो। स्वागतार्थी भीडमा सबैले स्वतन्त्र मधेसको झण्डा र ‘आजको हाम्रो माग स्वतन्त्र मधेस’ भन्ने प्लेकार्ड बोकेका थिए।

जुलुसले मैथिली लवजको हिन्दीमा गगनभेदी नारा लगाएको थियो। ‘स्वतन्त्र मधेस के नेता सीके जिन्दावाद!’, ‘अब हमें क्या चाहिए? पुरी आजादी’, ‘आजादी हम् लेकर रहेंगे’ लगायतका नारा गुञ्जिएको थियो। सम्झौताको दोस्रो दिन नै जनकपुरको आकाशमा गुञ्जिएका यी नाराहरूले सीके राउतको नीति र नियतको पोल नराम्रोसँग खोलिदिएका छन्।

हाम्रो देशका सबै रूपाकारका कर्णाधारहरूको कमजोर मनस्थिति, विदेशी शक्तिप्रति आत्मसमर्पणको प्रवृत्ति र टालटुले कार्यशैलीको लाभ उठाएर नेता बनेका हुन् राउत।

८ वर्ष अघिमात्र प्रवासको जागिरे जीवन छोडेर नेपाल आएका राउतको अहिलेसम्मको राजनीतिक उपलब्धि भनेको प्रचारात्मक मात्र रहेको छ। सरकारले समाउँदै छोड्दै गरेर यिनलाई राजनीतिक स्पेस दिनुको सट्टा राज्यद्रोहविरुद्ध कडा कानून बनाएर आजीवन जेलामा सडाइदिएको भए किस्साको स्वरूप नै अर्कै हुने थियो। देश टुक्य्राउन खोज्नेका लागि धेरै देशमा त मृत्युदण्डको सजाय पनि हुन्छ।

हाम्रो देशका सबै रूपाकारका कर्णाधारहरूको कमजोर मनस्थिति, विदेशी शक्तिप्रति आत्मसमर्पणको प्रवृत्ति र टालटुले कार्यशैलीको लाभ उठाएर नेता बनेका हुन् राउत। तर, उनले मधेसका जनताका नाममा ठूला ठूला कुरा गरेर स्वतन्त्र मधेस राज्य बनाउने भनी फुटानी गरे पनि उनीसँग जनाधार भने अलिकति पनि छैन। यिनले मधेसलाई नेपालबाट साँच्चिकै टुक्य्राउने मुद्दा उछाल्न भाडामा कार्यकर्ता जम्मा गर्न सके पनि काँकडभित्तादेखि कञ्चनपुरसम्मका तराई मधेसबासी जनताका बीच नेपाललाई चिरा पार्ने सवालमा आमसहमति होला भन्ने कल्पना पनि गर्न सकिँदैन।

वास्तवमा राउत नेपालमा अस्थिरताको विषाक्त हावा चलिरहोस् भनेर कुनै विदेशी तागतले नेपालको राजनीतिक क्षितिजमा उभ्याइदिएको बुख्याँचामात्र हुन्। त्यस्ता नर्कटका मूर्तिसँग नेकपाका सर्वशक्तिमान अध्यक्ष र संसदको दुई तिहाइ बहुमतद्वारा चुनिएका प्रधानमन्त्री ओली किन यतिविधि डराएका हुन्? यो भने आजको नेपालको सबैभन्दा ठूलो पहेली बनेको छ। यस पहेलीलाई फुकाउने क्रममा ओलीजी स्वयं नै विदेशी प्रभूहरूको इशारामा त चलिरहेका छैनन् भन्ने प्रश्न पनि गर्न सकिन्छ।

(साहित्यकार एवं राजनीतिक विश्लेषक अधिकारीको फेसबुकबाट)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४