बुटवल – रूपन्देहीको देवदहमा २०७३ पुस ४ गते तत्कालीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भयो। यसको एक वर्षपछि २०७४ पुस २१ मा व्यवसायी बलु पौडेलको पनि देवदहमै हत्या भयो। तिवारी र पौडेलको हत्या कुख्यात अपराधी मनोज पुन र उनको समूहले गरेको प्रहरी पत्ता लगायो। यसलगत्तै प्रहरीले पुन समूहको खोजी बढायो।

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन र उनका सहयोगी सोम आले पनि प्रहरी इन्काउण्टरमा देवदहको भवानीपुरमै मारिए। यस क्षेत्रको अपराधमा नाम जोडिएकाहरु मारिएपछि देवदहमा शान्ति होला भन्ने अनुमान गरिएको थियो।

तर, आइतबार राति देवदहमै अज्ञात समूहको आक्रमणमा परी देवदह -५ का अनिस पुरीको ज्यान गएको छ। शान्तिको महशुस गर्न थालेका देवदहवासी यो घटनाले फेरि झस्किएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले पुरीको हत्या संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको बताए। ‘अहिले सम्मको अनुसन्धानका आधारमा केटाहरुबीच विवाद हुँदा झगडा भएको देखिन्छ,’ उनले भने, ‘झगडाले उग्र रुप लिएपछि ढुङ्गा, लाठीले हानेर हत्या गरेको अनुमान छ। थप अनुसन्धान गर्दैछौँ।’ पुरी तरुण दलको कार्यकर्ता रहेको बताइएको छ।

बुटवलबाट करिब ३० किलोमिटर पूर्व रहेको देवदह पछिल्लो समय नयाँ शहरको रुपमा विकास भइरहेको छ। देवदहका स्थानीयबासी तथा नेकपाका नेता सिद्धिचरण भट्टराईले एकले अर्कोलाई अस्वीकार गर्ने प्रवत्ति बढ्दै जाँदा अपराधका घटना बढिरहेको बताए।

यस्तो छ पुरीको हत्याको कारण

एक परिचितले बोलाएपछि पुरी आइतबार साझ ७ः४० बजे देवदह -९ बुद्धनगर पुगेका थिए। त्यहाँ पुगेलगत्तै उनीमाथि स्थानीय युवाहरुको समूहबाट सामूहिक आक्रमण भएको थियो। आक्रमणबाट बँच्न भागेका उनी दुई सय मिटर टाढा पूर्वपश्चिम राजमार्गसँगै रहेको पेट्रोल पम्पमा पुगेर ढलेका थिए। तत्काल देवदह मेडिकल कलेज पुर्‍याइएका उनको त्यही मृत्यु भएको थियो।

केही दिनअघि शुरु व्यापार मेलाको विषयमा देवदहको खैरेनी र बुद्धनगरका युवाहरुबीच विवाद हुँदै आएको बताइएको छ। मेला स्थलमा सवारी पार्किङका विषयमा भएको विवादले झडपको रुप लिने अवस्था देखिएको थियो।

यसरी एकपछि अर्को गर्दै हत्याका श्रृङ्खला बढ्दै गएपछि स्थानीयबासी भने त्रसित छन्। नियोजित प्रकृतिको यस्ता घटनाहरुले देवदह क्षेत्रमा सुरक्षा चुनौतीसमेत थपिएको स्थानीयहरुको भनाई छ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४