धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानीमै घर भएका प्रदेश सांसदहरुले ‘घरभाडा’वापत लिएको रकम फिर्ता गरेका छैनन्। डेढ महिनाअघि धनगढीमा घर भएका सांसदहरुले पत्रकार सम्मेलन नै गरेर घरभाडावापत लिइसकेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए।

यसबीचमा एक जना मात्र प्रदेश सांसदले रकम फिर्ता गरेका छन्। प्रदेश सभा सचिवालयका अनुुसार नेपाली कांग्रेसका टेकबहादुर रैकाले मात्र रकम फिर्ता गरेका हुन्। उनले २०७४ माघदेखि १२ महिनाको मासिक १७ हजार रुपैयाँका दरले बुझेको करिब दुई लाख रुपैयाँ फिर्ता गरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए। अन्य सांसदले आफ्नै घरमा बसेर घरभाडावापत लिएको लाखौँ रकम फिर्ता गरेका छैनन्।

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा राजधानीमा निजी घर भएका सांसदहरुले भाडा रकम नपाउने उल्लेख छ। तर धनगढीमै घर भएका सांसदहरुले पनि घरभाडा वापतको रकम बुझ्दै आएका थिए।

प्रदेशसभाका ५३ सदस्यमध्ये ४३ जनाले रकम बुझ्दै आएका थिए। रकम बुझ्नेमध्ये ९ जनाको प्रदेशको अस्थायी राजधानी धनगढीमै घर छ। उनीहरुले करिब एक वर्ष आफ्नै घरमा बसेर सरकारसँग भाडा बुझेका थिए। सभामुख, उपसभामुख र ८ जना मन्त्रीको निवास प्रदेश सरकारले व्यवस्था गरेको छ।

कांग्रेसका अर्का सांसद डिल्लीराज पन्तले हालसम्म घरभाडा फिर्ता गरेका छैनन्। उनले पनि पत्रकार सम्मेलन गरेरै आफूले लिएको घर भाडा फिर्ता गर्ने बताएका थिए।

राजधानीमै घर भएका सांसदहरुले पनि घर भाडा लिइरहेको विषयमा आलोचना भएपछि प्रदेशसभा सचिवालयले सांसदहरुको सूची तयार पारेको थियो। सूची अनुसार पूर्व मन्त्रीसमेत रहेका नेकपाका सांसद दीर्घ सोडारीको पनि धनगढीमै घर छ। त्यस्तै नेकपाकै बिरमान चौधरी, हर्कबहादुर कुँवर, कांग्रेसका टेकबहादुर रैका, दिव्यश्वरी शाह, डिल्लीराज पन्त र देबराज पाठक तथा राजपाकी मालामती कुमारी रानाको पनि राजधानीमा घर भएको उल्लेख छ।

दुई जना सांसदले भने राजधानीमै घर भएको बिषयलाई लुकाएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर -१८ मा घर भएका नेपालु चौधरी र वडा नम्बर -१४ मा घर भएकी शुशिला बुढाथोकीले राजधानीमा घर भएको कुरा संसदलाई जानकारी गराएका छैनन्।

आर्थिक समृद्धि तथा सुशासनको नारा बोक्दै प्रदेशसभा छिरेका सांसदहरु पछिल्लो समय आफ्नै सेवा सुविधा बढाउन तल्लीन छन्। प्रदेशसभाबाट पारित भएका अधिकांश ऐन पनि सेवा सुविधा बढाउनमै केन्द्रित छन्।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४