पोखरा – गण्डकी मेडिकल कलेजले मच्चाएको लुटविरुद्ध त्यहाँ अध्ययन विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका छन्। गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले सञ्चालक खुमा अर्यालसहित ६ जनाको नामै तोकेर ठगीधन्दामा संलग्न भएको अभियोगमा मुद्दा दायर गरेका हुन्।

निवेदनमा ठगीधन्दामा संलग्न हुनेको फेहरिस्त प्रस्तुत गरिएको छ। ‘कास्की जिल्ला पोखरा–९ मा रहेको गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेल, कर्मचारी दिनेश पौडेल लगायतका व्यक्तिले शैक्षिक शुल्कका नाममा तोकिएको शुल्कभन्दा बढी हामी जोहरवालाहरुसँग अवैधरुपमा प्रत्येकसँग ६ लाख रकम ठगी गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘साथै सो बढी रकम नबुझाएमा मेडिकल कलेजका सञ्चालकहरुले मागेको रकम नदिए परीक्षामा सामेल नगर्ने, कलेजबाटै निकाल्नेसम्मको धम्की लगाइ मानसिक तनाव दिई ठगी गरेका छन्।’

कसैलाई फकाइ, कसैलाई झुक्याइ, कसैलाई धोका दिई बेइमानीपूर्वक काम गरी आर्थिक तथा मानसिक हानी नोक्सानी गरी आफू र आफ्नो कलेजको लाभ प्राप्त गरेको बताउँदै विद्यार्थीहरुले ठगी लगायतको फौजदारी कसुरमा छानवीन अनुसन्धान तथा कानूनी कारवाही गरी अवैध रुपमा असुलेको रकम क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग गरेका छन्। २३ जना विद्यार्थीले उजुरी दिएका छन्।

यसअघि प्रहरीले गण्डकी मेडिकल कलेजका लगानीकर्ता तथा पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको छ।

सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको अभियोगमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरूसहित कलेजका अन्य सञ्चालकविरुद्ध विद्यार्थीबाट करोडौँ अवैध असुली गरेको अभियोगमा प्रहरी तथा सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेको छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९