काठमाडौँ। चर्चित मोडल तथा नायिका परमीता राणाबिरुद्द ठगीको आरोप लागेको छ। इभेन्ट म्यानेजर पुरुषोत्तम मल्लिकले नायिका रानाबिरुद्द महानगरिय प्रहरी वृत्त कमलपोखरीमा उजुरी दिएका छन्।

नेपाली पब्लिकसँगको कुराकानिमा मल्लिकले भने, ‘कार्यक्रममा सहभागिताको लागि दिएको एडभान्स रकम फिर्ता माग्दा धम्कि दिएपछि बाध्य भएर उजुरी दिएको हुँ, उल्टै हर्यासमेन्ट (उत्पीडन) को आरोप लगाउने धम्कि दिन थालेकी थिइन्।’ आफ्नो रकम फिर्ता लिन उनले प्रहरी भन्दा पहिले मिडियालाई गुहारेका थिए।

नेपाली पब्लिकको कार्यालयमै आएर उनले केहि दिन अघि उनले सहयोग मागेका थिए। ‘मिडीयामा आउछ भन्ने डरले फिर्ता गर्छिन कि भन्ने लागेको थियो,’ मल्लिकले भने, ‘त्यो जानकारी पाएपछि उनले झन् तुच्छ शब्द प्रयोग गरेर गाली गर्दै म्यासेज पठाउन थालिन्।’ उल्टै आफुलाई नै फसाउँछिन् की ? भन्ने डरले प्रहरीमा उजुरी दिएको उनले बताए। उनले प्रहरीबाट शान्ति सुरक्षाको माग पनि गरेका छन्।

के भएको थियो ?

फागुन २ गते बालुवाटारको एक रेष्टुरेन्टमा कार्यक्रम थियो, भ्यालेनटाइन डे बिशेष। वीरगञ्जका युवा इभेन्ट म्यानेजर पुरुषोत्तम मल्लिकले आयोजना गरेको त्यो इभेन्टमा चल्तिका अभिनेता नाजीर हुसेन, नायिका स्वस्तिमा खड्कालगायतको उपस्थिती थियो। कार्यक्रमको शोभा बढाउनका लागि मल्लिकले उनीहरुलाई पैसा तिरेर ‘शो’मा बोलाएका थिए।

नाजीर र स्वस्तिमासँगै उनले मोडल तथा नायिका परमीता रानालाई पनि ‘शो”माल्याउने योजना बनाएका थिए। ‘मैले शुरुमा अभिषेकराज सिंह थापामार्फत परमीतासँग सम्पर्क गरेको थिए,’ मल्लिकले भने– ‘परमीतासँग फोनमा कुरा भएपछि उनले भने अनुसार नै अभिषेकलाई २० हजार एडभान्स दिएको थिए।’

फागुन ७ गते अभिषेकलाई रकम दिएको र परमीताले सो रकम पाएको भनेर आफुलाई म्यासेज गरेको मल्लिकले बताए। त्यसपछि उनी कार्यक्रमको तयारीमा जुटे।

फागुन २ गते मल्लिकको कार्यक्रमको सबै तयारी पुरा भयो। त्यस पछि जे भयो त्यसले मल्लिकलाई अचम्मित नै बनायो। साँझ ६ बजे शुरु हुने भनिएको ‘शो’का लागि परमीतालाई उनले ५ बजे बोलाएका थिए।

‘परमिताले मलाई मेकअप गर्नु पर्दैन ठ्याक्कै ६ बजे आईपुग्छु भनेकी थिइन्,’ ५ बजे नआएपछि फोन गर्दा परमीताले दिएको जवाफ मल्लिकले सुनाए।

नाजीर र स्वस्तिमा समय मै आएका थिए। ६ बजे आउछु भनेकी परमीतालाई पटक–पटक फोन गर्दा बाटोमा छु भन्ने जवाफ मात्र पाएको मल्लिकले बताए। ‘७ बजेसम्म पनि नआएपछि हामीले कार्यक्रम शुरु गर्यौं,’ मल्लिकले भने– ‘परमीताले कार्यक्रम सकिइसकेपछि म्यासेज गरेर लोकेशन सोधिरहेकी थिइन्।’

कार्यक्रममा नआएपछि उनले परमीतासँग एडभान्स रकम फिर्ता मागे। उनले केहि दिनमा फिर्ता गरिदिने बताइन्। तर फिर्ता भने गरिनन्। त्यसपछि मल्लिकले रकमको लागि ताकेता गर्न थाले।

‘मोडल, साउण्ड लाइटले धोका दिएपछि मेरो ‘शो’ असफल भयो र म घाटामा गए’ मल्लिकले गुनासो गरे । उनले भने, ‘चारैतिर पैसा तिर्नुपर्ने थियो त्यसैले २० हजार भए पनि मेरो लागि ठूलो राहत हुन्थ्यो।’ परमीता र अभिषेकलाई बारम्बार ताकेता गर्दा पनि उनले रकम भने फिर्ता पाएनन्।

के भइरहेको छ ?

प्रहरीमा उजुरी दिइसक्दा पनि परमीताले रकम भने फिर्ता गरेकी छैनन्। बरु प्रहरीमा उजुरी दिएको भन्दै उनले बारम्बार मल्लिकलाई धम्किपुर्ण म्यासेज पठाँउदै आएकी थिइन्।

 

 

यसैबीच फागुन २७ गते परमीताले उनलाई म्यासेज गरेर पैसा लिन बानेश्वर बोलाइन्। ‘१० हजार मात्र दिने भनेपछि म गइन,’ मल्लिकले भने ‘उसले बोलाएको ठाँउमा जाँदा केही खतराको महशुस पनि भयो।’ त्यसपछि परमीताले मल्लिकलाई फोन, म्यासेज, ह्वाट्सएपलगायतमा ‘ब्लक’ गरिदिइन्।

मल्लिकले प्रहरीलाई यी गतिविधीहरुका बारेमा जानकारी गराइरहेका थिए। त्यतिकैमा परमीताकी आमा रिया राणाले उनलाई म्यासेज गरीन्। उक्त म्यासेजमा उनले मल्लिकमाथि मुद्दा लगाइ दिने धम्की दिएकी छन्। म्यासेजमा रीयाले मल्लिकलाई विहारी भनेर सम्बोधन गर्दै आफ्नो औकातमा बस जस्ता तल्लो स्तरका शब्द प्रयोग गरेकी छन्।

मल्लिकले प्रहरीलाई यसको पनि जानकारी गराएपछि प्रहरीले रीया राणालाई फोन गरेर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा बोलाएको प्रहरीलाई उद्दृत गर्दै मल्लिकले जानकारी दिए।

को हुन परमीता ?

मोडलीङ क्षेत्रबाट उदाएकी २६ वर्षीया परमीता अहिले नेपाली चलचित्रमा पनि देखिन्छीन्। चपली हाइट–२ नामक चलचित्रबाट उनले चलचित्रमा डेब्यु गरेकी थिइन्।

त्यसपछि उनले रोज, चङ्गा चेटजस्ता चलचित्रमा काम गरिन्। अहिले उनको अभिनय रहेको ‘द म्यान फ्रम काठमाडौँ’ चलचित्र प्रदर्शनको तयारीमा छ। परमीता गायक पनि हुन भने उनकी आमा रीया पहिलो पुस्ताकी सुपर मोडल भएको बताइन्छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६