महेन्द्रनगर – निर्मला हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएकोविरुद्ध मुद्दामा पक्राउ परेका ६ जना प्रहरीहरुको बयान सकिएको छ। जिल्ला अदालत कञ्चनपुरमा बिहिबारदेखि शुरु भएको थुनछेकको बहसअन्तर्गत ६ जना प्रतिवादीको बयान सकिएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

स्रेस्तेदार अवस्थीका अनुसार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकेन्द्र खड्काको बयान लिईएको छ। उनीहरुसँग प्रमाण नष्ट र यातनासम्बन्धी दुई मुद्दामा बयान लिएको हो। घटनाको अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, असई रामबहादुर धामी, हरि सिंह धामी र प्रहरी जवान चाँदनी साउदका पनि बयान सकिएको छ।

प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंकुर जिसी भने फरार छन्। उनीहरुलाई २१ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश जारी भएको छ।

जिल्ला अदालतको प्रारम्भिक आदेशपछि प्रतिवादीको बयान लिने क्रम सकिएसँगै थुनछेक बहस शुरु भएको हो। जिल्ला अदालत कञ्चनपुरले छ अभियुक्तको बयानपछि सोमबारबाट थुनछेक बहस शुरु गरेको हो।सोमबार सरकारी वकिल कार्यालयको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरे। मंगलबार न्यायाधिवक्ता देवराज भारती र सहायक न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गर्नेछन्।

त्यस्तै मंगलबार प्रतिवादीको तर्फबाट तीन जना कानून व्यवसायीले पनि बहस गर्ने अदालतले जनाएको छ।जिल्ला बार कञ्चनपुरका अध्यक्ष गजेन्द्र रावलले अदालतको प्रारम्भिक आदेश अनुसार मंगलबार ‘एमिकस क्युरी’ पनि गठन हुने बताए।

एमिकस क्युरीले अदालती कारवाहीको विषयमा देखा पर्नसक्ने कानूनी अस्पष्टताका विषयमा न्यायधीशलाई परामर्श दिन्छ। एमिकस क्युरीमा सरकारी वकिल र कानून व्यवसायीका प्रतिनिधिहरु रहन्छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८