सुर्खेत – कर्णाली प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको जमुनाहा-हिल्सा द्रुतमार्गको प्रारम्भिक अध्ययन कार्य पुरा भएको छ। विकासमा पछाडि परेको कर्णालीको समृद्धि आधारका रुपमा लिईएको द्रुतमार्गलाई प्राविधिक टोलीले चार महिना लगाएर प्रारम्भिक अध्ययन कार्य पुरा गरेका हो।

प्रदेश सरकारले यो आयोजनालाई कर्णालीको विकासको मेरुदण्डको रुपमा व्याख्या गर्दै आएको छ। चीनको सरकारी निर्माण कम्पनी चाइना रेलवे इञ्जिनियरिङ कम्पनी (सीआईईसी)ले द्रुतमार्गको प्रारम्भिक अध्ययन पुरा गरेको हो। बाँकेको जमुनाहा हुँदै तिब्बतको ताक्लाकोटसम्म सडक सञ्चालन गर्न चिनियाँ प्राविधिक टोलीले गत कार्तिक २७ गतेदेखि प्रारम्भिक अध्ययन थालेको थियो।

प्रारम्भिक चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हिल्सासम्मको अध्ययन गरिएको छ। प्रारम्भिक सम्भाव्यता अध्ययनपछि बनाइएको प्रतिवेदनमा द्रुतमार्ग निर्माण सम्भव भएको हो। रेलवे कम्पनीका प्रतिनिधिहरुद्वारा स्थलगतरुपमा गरिएको अध्ययनपश्चात जमुनाहा-हिल्सा द्रुतमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालिएको छ।टोलीले सबैभन्दा पहिला यहाँको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो। सडकले छुने क्षेत्रको भौगोलिक अवस्था उपयुक्त देखिएपछि प्रारम्भिक अध्ययन सकारात्मक आएको हो।

प्रारम्भिक अध्ययनका क्रममा प्राविधिक टोलीले सुर्खेत-हिल्सा जोड्न चार सय तीन किलोमिटर रहेको प्रतिवेदन तयार पारेको छ। उक्त मार्ग निर्माण भएपछि पाँचदेखि १० घण्टामा सुर्खेतबाट हिल्सा पुग्न सकिने अध्ययन प्रतिवेदनले देखाएको छ।

प्रदेश सरकारको प्राथमिकतामा परेको दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनेछ। प्रथम चरणको काम सम्पन्न गरेको निर्माण कम्पनीले प्रदेशस्थित सरोकारवालासँग छलफलसमेत गरेको छ। प्राविधिक टोलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मी र सरोकारवाला निकायसँग छलफल गरेको हो। छलफलका क्रममा दु्रतमार्ग निर्माणका लागि आवश्यक सुझावसमेत लिइएको छ।

अब प्रारम्भिक अध्ययन सकिएलगत्तै दोस्रो चरणको काम शुुरु हुनेछ। दोस्रो चरणमा निर्माण कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्य अघि बढाउनेछ। प्रदेशमा लगानी भित्रायाउन संघीय सरकारबाट अनुमति लिइसकेकाले अब दोस्रो चरणको काम तत्काल अगाडि बढ्नेछ। दोस्रो चरणमा लगानीको लागत अनुमान, समयवधि, गुणस्तर लगायतका विषयमा अध्ययन गरिनेछ।

प्रदेश सरकारले संघीय सरकारको अर्थ मन्त्रालयबाट डीपीआरका लागि अनुमति लिइसकेको छ। त्यसैले पनि तत्कालै डीपीआर तयार पार्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ। दु्रतमार्ग निर्माणमा लगानी गर्न प्रदेश सरकार र चिनियाँ कम्पनीबीच भएको सम्झौता अनुसार काम अगाडि बढाइएको हो।

दु्रतमार्ग निर्माण भए उत्तरी मुलुक चीन र दक्षिणमा भारतसँग कर्णाली प्रदेश जोडिनेछ। प्रारम्भिक अध्ययनमा सात जनाको प्राविधिक टोली खटिएको थियो। यसअघि कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै हिल्सा-जमुनाहा द्रुतमार्गलाई प्राथमिकतामा राखेको थियो। सोही आधारमा गत असोजमा मुख्यमन्त्री शाहीले चीन भ्रमण क्रममा द्रुतमार्ग निर्माणका लागि चिनियाँ सरकारी टोलीसँग प्रारम्भिक समझदारी गरेका थिए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८