वीरेन्द्र कर्ण, वीरगञ्ज – ‘शिव मठ पर राम खेलैए होली…’ वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्त्वपूर्ण रहेको होलीमा गीत गाउँदै एक आपसमा होली खेलेर प्रेम र सद्भाव बढाउनुपर्नेमा यस्ताे नभएर वैमनस्यतापूर्ण बन्दै गएकाे छ।

कल्याणपुर- १२ तिलासी बस्ने ७० वर्षीय फिरङ्गी सदा पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुखी मनले भन्छन्, ‘पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ र टोलटोल घुमेर फागुपर्व आगमन बारेका गीत गाएर जानकारी दिने परम्परा थियो ।’

उनी भन्छन्, ‘तर, अब गाउँका युवा वैदेशिक रोजगारको क्रममा खाडी मुलुक गएकाले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागुगीत नै गाइन्छ।’

पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे। उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए। हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन।

सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको भनाइ छ।

उदास हुँदै वृद्ध गनौरी सदा भन्छन्, ‘होली गीतमा पहिले कामोत्सवको मर्म धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरू आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ।’

सोही ठाउँका रामबाबु ठाकुरको गुनासो छ, ‘जोगिरा सर…र…र…र…, कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग…, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम … जोगिरा सर …र…र…र… गीत सुन्न पाइएन न त मृदङ्ग ढोल डम्फाको स्वर नै सुन्न पाइयो।’

सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले सदा र ठाकुर मात्र होइन, सिरहा जिल्लाको मुसहर बस्तीमा बस्ने ७० वर्षीय गुलावचन्द्र सदालाई पनि त्यति मनोरञ्जन दिन छाडिसकेको छ। उनी भन्छन्, ‘होलीको पौराणिकता अब हराइसकेको छ। दिनहुँजसो हुने झैझगडा, रागद्वेषका कारण होली गीत गाउन नै छाडिएको छ।’

होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ। अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको उनी बताउँछन्।

पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको मोहम्मद इसराइल बताउँछन्। अब त्यो समय हराएर गएको छ।

अधिकांश युवा कामका लागि अरब मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै वीरगञ्ज– २४ रामगढवा बस्ने शेषमन पण्डित भन्छन्, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ। भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ।’

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्त्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ। फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन्।

पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो। अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ। यस्तो गीतमा अश्लील शब्द बढी भएको वीरगञ्ज– २४ रमगढवाका विजय पण्डितको भनाइ छ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रूपमा ग्रामीण होलीको महत्त्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्को भनाइ छ।

पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ।

वसन्त ऋतुको आगमन संँगसंँगै वसन्तोत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने संस्कृतिविद् बताउँछन्।

संस्कृतविद्हरू एकै स्वरमा भन्छन्– होली यस्तो हुनुपर्छ, जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून्। होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो । जोगिरा सर…सरररररररर…।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४