अनारसिंह कार्की

नेपाल संविधानत: धर्मनिरपेक्ष राज्य भएको छ। यसको अर्थ राज्यको कुनै धर्म हुँदैन र राज्यका निम्ति सबै धर्म बराबर हुन्छन् भन्ने हो। तर, हरेक सनातन हिन्दू सांस्कृतिक र धार्मिक पर्वमा राष्ट्रप्रमुख लगायतका सरकारमा रहेका मानिसहरूले भाग लिने गरेका छन्। यिनीहरू सनातन हिन्दू धर्मावलम्बी भएका हुनाले व्यक्तिगत हैसियतमा भाग लिन गएका हुन् कि राज्यको प्रतिनिधित्व गरेर गएका हुन्?

हरेक वर्ष महाशिवरात्रि लगायतका पर्वहरूमा राष्ट्रपति र उपराष्ट्रपति पशुपतिनाथको दर्शन र पूजाआजा गर्न पुग्ने गर्छन्। त्यस्तै इन्द्रजात्रा, कुमारीको दर्शन आदि सांस्कृतिक पर्वहरूमा पनि ठूलो राजकीय तामझामसाथ पुग्ने गरेको देखिन्छ। यो कुन हैसियतमा हो प्रस्ट हुन जरुरी छ।

भर्खरकै कुरा हो, पाथीभरा देवीको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटना भएर पर्यटन एवं नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितका सात जना सरकारी कर्मचारीको दुखद निधन भयो। यस्ता निधनप्रति शोक व्यक्त गर्दागर्दै पनि एयरपोर्ट निरीक्षण गर्न गएको सरकारी टोलीले आफ्नो धार्मिक आस्थाका लागि सरकारी हेलिकप्टर लिएर देवीको दर्शन गर्न जान हुन्थ्यो कि हुँदैनथ्यो? अथवा त्यहाँ गएको जति खर्च चाहिँ जानेहरूको निजी खर्च थियो भने त्यो कुरा प्रस्ट हुन जरुरी छ। अन्यथा धर्मनिरपेक्ष राज्यकोष खर्च गरेर शासकहरूले आफ्ना धार्मिक आस्था पूरा गर्न पाउने कि नपाउने भन्ने गम्भीर प्रश्न खडा हुन्छ र यसले भविष्यमा ठूलो विवाद खडा गर्न सक्छ।

नेपालमा राजसंस्थाको समाप्तिपछि गणतन्त्रका राष्ट्रपतिले राज्यव्यवस्था सञ्चालनमा मात्रै होइन, धार्मिक तथा सांस्कृतिक रूपमा पनि राजाको ठाउँ लिएको देखिन्छ। यदि त्यसो हो भने नेपालको राष्ट्रपति हुनका लागि पनि सनातन हिन्दू धर्मको अनुयायी हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था गर्न जरुरी छ। अन्यथा भविष्यमा गैरहिन्दू राष्ट्रपति भयो भने उसले हिन्दू पर्व र पूजामा भाग लिन के गर्ने? साथै आफ्नो धर्म संस्कारका लागि राजकीय हैसियतमा भाग लिन चाहेमा दिने कि नदिने?

यतिबेला नेपालमा कम्युनिष्ट सरकार छ, जो सैद्धान्तिक रूपमा धर्मलाई मान्दैन तर तिनै कम्युनिष्ट शासकहरू राजकीय हैसियत र खर्चमा धार्मिक काममा संलग्न भइरहेका छन्। कम्युनिष्ट सरकारको यस्तो धार्मिक संलग्नता सनातन हिन्दू धर्मका लागि मात्रै होइन, विवादास्पद इसाई धर्मकी पवित्र आमाको हातबाट आशीर्वाद लिन र होली वाइन लिएर पवित्र हुनका लागि पनि भएको कुरा सर्ववितितै छ।

नेपालका कम्युनिष्टहरू धर्मका सम्बन्धमा लाजै नमानी बहुरंगी र बहुरूपी देखिन्छन्। हुन त बर्लिनको पर्खाल ढलेपछि र सोभियत रुसबाट कम्युनिष्टहरूको पतन भएपछि कम्युनिष्टहरूको नामबाहेक कुनै जात, धर्म र लिंग देखिँदैन। उनीहरू जुनबेला जे सजिलो हुन्छ, त्यस्तै व्याख्या गर्ने गर्छन्। त्यसमा पनि नेपालका कम्युनिष्ट त नमुना नै छन्। सशस्त्र विद्रोहको बेलामा मठमन्दिर भत्काउने र किरियापुत्री मार्ने अभियान नै चलाएका थिए भने शान्ति बहालीपछि आफ्नो सरकार भएका बेला वाईसीएल लगाएर पशुपतिका पुजारीको जनै काटेर आतंक मच्चाएका थिए। अहिले त्यही कम्युनिष्ट पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपति भएकाहरू पशुपतिमा पूजाआजा गर्न ठूलो तामझामका साथ जाने गरेका छन्।

हरेक पक्ष र विषयवस्तुको स्वतन्त्रताको रक्षा गर्नुपर्ने प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस पनि कम्युनिष्टहरूको पुच्छर बन्न पुगेपछि सबै प्रकारका स्वतन्त्रताहरू खतरामा पर्नु स्वाभाविक हो। त्यसैले होला, यतिबेला हिन्दू धर्म–संस्कृतिमाथि चारैतिरबाट हमला हुन थालेको छ। एकातिर राज्यलाई धर्मनिरपेक्ष घोषणा गर्ने र अर्कोतिर हिन्दू मठमन्दिरका अर्बौंका सम्पत्ति कब्जा जमाउन छोडेको छैन। पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम जस्ता धार्मिक मठहरूका नाममा रहेको सम्पत्तिमाथि गुठी संस्थान नामको सरकारी संस्थालाई राज्यले नै परिचालन गरिरहेको छ।

नेपालमा धर्मसम्बन्धी संविधानमा उल्लेख गरेको अवस्थामा होस् वा उल्लेख नगरेको अवस्थामा होस्, कुनै प्रकारको धार्मिक विवाद थिएन। यस्तो अवस्थामा राज्यलाई धर्मनिरपेक्ष घोषणा गर्न किन आवश्यक पर्‍यो र किन धर्मसम्बन्धी विवाद खडा गरियो? केवल धर्म परिवर्तन गर्न–गराउनका लागि बाहेक धर्मनिरपेक्षताको आवश्यकताको कुनै औचित्य पुष्टि हुन सक्दैन। गरिबी बाहुल्यता रहेको समाजमा धर्म परिवर्तनको ढोका खोलिदिनु भनेको धर्मको किनबेच गर्ने बजार खोलिदिनु हो, स्वच्छाको रोजाइ होइन। आज नेपालमा धर्म परिवर्तनले विकराल रूप लिँदै गएको मात्रै छैन, धर्मको विवाद खडा गरेर धार्मिक उन्माद पैदा गर्ने प्रयास भइरहेको छ। र, यसमा नेपालको शासक वर्ग पूरै संलग्न भएको कुरा दृष्टिविहीनले पनि देख्न सक्छ।

गत सालको कुरा हो, केही मानिसले हिन्दू धर्मसंस्कृतिसँग सम्बन्धित चाडपर्वहरूमा धेरै बिदा भयो र अन्य धर्मसंस्कृतिसँग सम्बन्धित चाडपर्वमा भने कम बिदा दिइन्छ भनेर भेदभावको प्रश्न उठाएका थिए। तर, कति सांस्कृतिक चाडपर्वहरू त हिन्दूका मात्रै नभएर नेपालीको राष्ट्रिय चाडपर्वका रूप लिइसकेका छन्। यस्ता विवाद किन, कसले र कुन उद्देश्यका लागि उठाइरहेको छ? निश्चय नै हाम्रो संवेदनशील भूराजनीतिक अवस्था र अहिले फेरिँदै गएको विश्व शक्ति सन्तुलनको अवस्थामा जुन प्रकारको सुनियोजित रूपले धार्मिक विवाद खडा गर्ने प्रयास भइरहेको छ, त्यो नेपाल राष्ट्रका लागि मात्रै होइन यो भूखण्डका लागि ठूलो खतराको कारक बन्न सक्छ।

जे होस्, धर्मनिरपेक्ष राष्ट्रका कम्युनिष्ट पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपति भएकाले सधैँजस्तै यसपटकको अर्थात् २०७५ साल फागुन २० गतेको महाशिवरात्रिमा पनि पशुपतिनाथको मन्दिरमा गएर पूजापाठ गरेका छन्। जसले गर्दा हजारौँ लाइनमा बसेका दर्शनार्थीले थप कष्ट सहनुपर्‍यो। यो प्रश्न स्वाभाविक रूपमा उठ्छ, ती कुन हैसियतमा गएका हुन् र तिनले दर्शन गर्न जाँदा प्रयोग गरिएको सवारीसाधन र चढाएको प्रसाद तथा दक्षिणा निजी हो कि सरकारी सम्पत्तिबाट गरिएको हो? यो प्रश्न किन पनि गर्न जरुरी छ भने यिनीहरू नै हुन्, केही दिनअघि ‘होली वाइन’ खान पनि पुगेका थिए। यिनको वास्तविक धर्म, जात र लिंग के हो र कहिलेसम्म सनातन हिन्दू धर्मले यिनको अतिक्रमण सहिरहनुपर्ने हो?

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८