इटहरी – निजी बैंकको एकल नीतिका कारण व्यवसायमा मार परेको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन्। मंगलबार उद्योग वाणिज्य संघ इटहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले बैंकहरूले शुरुमा विभिन्न प्रलोभन देखाउने र पछि मनोमानी ब्याजदर बढाएको गुनासो गरे।

बैंकको रवैयाले आफूहरुको मनोबल गिराउने काम गरेको व्यवसायीहरुको गुनासो थियो। बैंकहरूले न्यून ब्याजदरमा सम्झौता गर्ने तर व्यवसायीलाई जानकारी नदिई सम्भौताविपरीत आफै ब्याजदर वृद्धि गर्ने प्रवृत्तिले गर्दा व्यवसायी हैरान हुने अवस्था सिर्जना भएको र सम्बन्धित निकायले ध्यान नदिए व्यवसायी आन्दोलनमा उत्रिन बाध्य हुने वितरण व्यवसायी टंकप्रसाद खनालले बताए।

करिब सात हजारभन्दा बढी व्यवसायिक फर्महरू इटहरीमा सञ्चालनमा रहेको बताउँदै उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्टले भने, ‘निजी क्षेत्रबाटै सञ्चालन भएका बैंकहरूले व्यवसायीहरूमाथि गरेको नीतिगत व्यवहारको घोर भत्र्सना गर्दछौँ।’

उनले ठुला बैंक तथा वित्तीय संस्थाहरूको आफूमात्र बाँच्ने तर अरूलाई नबचाउने जस्तो कठोर नीतिको कारण व्यवसायी समस्यामा परेको बताए। साथै सम्झौता गर्दा उल्लेख गरिएको ८ देखि साढे ८ प्रतिशत शूल्क मात्र ब्याजदर लिनुपर्ने उनले माग राखे।

स्थानीयस्तरमा पर्याप्त रोजगारी सिर्जना नहुनु, भएको जनशक्ति विदेश पलायन हुनु, त्यसमा पनि बैंकहरूले गरेको मनोमानीका कारण व्यवसायीहरूले दैनिक घाटा व्योहोर्नु परिरहेको व्यवसायीहरूका गुनासो छन्।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७