१७ कात्तिक, हेटौंडा ।  सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार एवं विकास गर्न लागेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।

उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रुपमा विकास गर्न र क्षमता सुधार्नका लागि रु एक अर्ब खर्च लाग्ने भएकाले त्यसअनुरुप रकम जुटाउने प्रयास भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

‘‘हेटाैंडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि र मूल्य घटाउन लागेको र उद्योगको भट्टीका सामान प्रविधियुक्त जडान गर्नेतर्फ समेत लागेका छौँ’’ महाप्रबन्धक सिंहले भने । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको त्यहाँका कर्मचारी बताउँछन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।

लामो समयदेखि विभिन्न कारणले घाटामा रहेको उद्योग दुई वर्षदेखि मुनाफामा छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको उत्पादन गुणस्तरीय भएकाले यसको माग सर्वसाधारणमा अत्यधिक रहेको हेटाैंडाका सिमेन्ट व्यवसायी अजय अग्रवालले बताए ।

निजी क्षेत्रका धेरै उद्योग खुले पनि यसले आफ्नो उत्पादन क्षमताको विकास गरेमा बजारमा सबैभन्दा बढी यो सिमेन्ट नै बिक्री हुने इञ्जिनीयर हरि पोखरेलले दाबी गरे ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार