धनगढी – पाँच वर्षभित्र सम्पन्न गर्ने गरी कैलाली र कञ्चनपुरमा शुरु भएको खानेपानी योजना अलपत्र परेको छ। सरकारले आवश्यक बजेट विनियोजन नगर्दा शुरु भएको १० वर्ष बितिसक्दा पनि योजना पुरा हुन सकेको छैन।

कैलाली र कञ्चनपुरमा बिगतबाटै केन्द्र सरकार मातहत रहेका १ सय ८२ योजना बजेट अभावमा अधिकांश अधुरै छन्। वर्षेनी योजनाहरु थपिँदै गए पनि तोकिएको समयमा काम पुरा हुन नसक्दा सर्वसाधारण खानेपानीको सुविधाबाट वञ्चित छन्। जिल्लामा आएका योजनाहरु समयमै सम्पन्न नहुँदा उनीहरुमा निराश बढेको छ।

कैलालीको घोडाघोडी नगरपालिका -१० का भिमबहादुर बमले पहलमानपुरमा निर्माणधीन खानेपानी योजना १० बर्षसम्म पनि पुरा नभएको बताए। उनका अनुसार उपभोक्ता समिति गठन हुने र केही काम गर्नेबाहेक कुनै पनि योजना पुरा हुन सकेको छैन। स्थानीय उपभोक्ताहरु वर्षौदेखि खानेपानीको आशामा बस्नुपरेको उनको गुनासो छ।

खानेपानीका योजनामा कनिका छरेझैँ बजेट विनियोजन नगरी एकमुष्ट बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ। योजना बढ्दै जाने तर पूर्णता नपाउँदा सरकारले गरेको लगानी खेर गइरहेको धनगढीका बलिराम चौधरीले बताए। जनताले शुद्ध पानीसमेत पिउन नपाउनु दुखद भएको उनको भनाई छ।

चालू आर्थिक वर्षका योजनासमेत गरी कैलाली र कञ्चनपुरमा संघीय सरकारका १ सय ८२ र प्रदेश सरकारका २३ वटा खानेपानी योजना सञ्चालनमा छन्।

सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तोकिएको समयवाधिमा आयोजनाहरु सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कुँवरले बताए। सञ्चालित आयोजनाहरु समयमै सम्पन्न गर्ने हो भने सरकारले वार्षिक तीन गुणा बढाएर बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ।

कैलाली र कञ्चनपुरबासी शुद्ध खानेपानीबाट बञ्चित

खानेपानीका योजना अलपत्र हुँदा हालसम्म पनि यस क्षेत्रका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित छन्। कैलालीमा २० प्रतिशतले मात्रै उच्च तथा मध्यम प्रविधि गुणस्तरयुक्त खानेपानी उपभोग गर्न पाएका छन्। कञ्चनपुरको अवस्था अझ दयनीय रहेको छ। यहाँका ५ प्रतिशत उपभोक्ता मात्र उच्च तथा मध्यम प्रविधि गुणस्तरयुक्त खानेपानीको पहुँचमा रहेको तथ्याङ्क छ।

कैलालीका ९८ प्रतिशत र कञ्चनपुरमा ७३ प्रतिशत मानिस आधारभूत खानेपानीको पहुँचमा छन्। हाल अधुरो रहेका योजनाहरु मात्रै सम्पन्न भए तराइको २ जिल्लाका ५७ प्रतिशत जनसंख्या उच्च तथा मध्यम प्रविधि गुणस्तरयुक्त खानेपानीको पहुँचमा पुग्ने डिभिजन प्रमुख कुँवरले बताए।

यस आर्थिक वर्षको बजेट खर्च नै न्यून

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीमा आर्थिक वर्ष २०७५/७६ का लागि मात्रै संघीय सरकारले ३५ करोड ७७ लाख र प्रदेश सरकारले ७ करोड ९५ लाख रकम विनियोजन गरेको थियो। आर्थिक वर्षको ८ महिना बित्नै लाग्दा ३३ प्रतिशत मात्रै खर्च भएको छ।

यो आर्थिक बर्षमा प्रदेश सरकारबाट समेत योजना थपिए पनि कर्मचारी अभावले काम कम भएको प्रमुख कुँवरले बताए। आर्थिक प्रगति कम देखिए पनि भौतिक प्रगति जनशक्ति अनुसार राम्रै भइरहेको उनको दाबी छ।

सबैलाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य

सन् २०१७ भित्र सबै नेपालीलाई आधारभुत खानेपानीको पहुँचमा पुर्‍याउन सरकारको लक्ष्य थियो। तर हालसम्म पुरा हुन सकेको छैन। डिभिजन प्रमुख कुँवरले भने, ‘दुइवटै सरकारका योजनाका ठेक्का प्रक्रिया पुरा भई निर्माणको क्रममा छन्। यी योजना पुरा भएमा सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउन असम्भव छैन।’

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४