खेमराज सापकोटा, इटहरी – गत वैशाख १२ गते टिपरको ठक्करले टेङ्ग्राखोला पुलकोे रेलिङ भत्कियो। समयमै मर्मत नहुँदा इटहरी चौकनजिकै रहेको साे पुलको थप क्षति हुने खतरा त छँदैछ। बढी भार र बढ्दो सवारी चापले पुल र यसको आसपासमा दुर्घटनाको जोखिम झनै बढाएको छ।

पैदलयात्रुका लागि बनाइएको ‘फुट व्रिज’मा समेत मोटरसाइकल तथा तीनपाङ्ग्रे सवारी साधनको चाप बढ्दो छ। ‘पैदल यात्रीलाई हिड्ने ठाउँ हुँदैन। रेलिङ नै भत्किएपछि ओहोरदोहोर गर्न पनि डरमर्दो छ,’ स्थानीय टीकादेवी कटवालले भनिन्।

अर्का स्थानीय मदन पोख्रेलले पुल मर्मतका लागि नगरपालिकाले पनि चासो नदिएको बताए। ‘यति ठुलो शहरको यस्तो व्यस्त पुल एक वर्ष बित्न लाग्दा पनि मर्मत नहुनु लाज हुने कुरा हो,’ उनले भने।

महेन्द्र राजमार्गसँगै बनेको उक्त पुल माथिका खाल्डाखुल्डी पुर्ने काम भए पनि रेलिङ मर्मततर्फ भने सम्बन्धित निकायले चासो नदिएको स्थानीयहरुको गुनासो छ।

तीन दिन भनेको महिना बित्यो

अढाई महिनाअघि ६ लेन सडकको प्रगतिबारे विराटनगरमा भएको गोष्ठीमा इटहरीका मेयर द्वारिकलाल चौधरीले पुल चाँडो मर्मत गराउन सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएका थिए। सडक कार्यालय विराटनगरले एक महिनाअघि इटहरी नगरपालिकालाई तीन दिनभित्र पुलको मर्मत भइसक्ने बताएको थियो।

मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की सहभागी सो कार्यक्रममा सडक कार्यालयले गरेको प्रतिवद्धता अहिलेसम्म पुरा भएको छैन।

मेयर चौधरीले ठेकेदार फरार भएकाले काम रोकिएको बताए। ‘हामीले भनेअनुसार तीन चार दिनमै काम हुने थियो तर ठेकेदारले बदमासी गर्यो,’ उनले भने’ ‘अब अर्को ठेक्काको तयारीमा छाैँ।’

अन्य पुलको पनि समस्या उस्तै

मुख्य राजमार्ग अन्तर्गतका पुल निमार्णको जिम्मा सडक विभागको क्षेत्राधिकारभित्र पर्छ। तर महेन्द्र राजमार्गअन्तर्गत सुनसरी जिल्लाभित्र रहेका अधिकांश पुल जीर्ण बन्दै गए पनि विभाग भने ‘बेखबर’झैँ छ।

सुनसरी क्षेत्रमा रहेका दर्जन बढी पुलको म्याद गुज्रिसकेका छन्। तर पनि तिनीहरूको स्तर सुधार्न सडक विभागले चासो नदिएको स्थानीयबासीहरुको गुनासो छ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४