सुर्खेत – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले अर्गानिक उत्पादन वृद्धिमा विदेशबाट आयातित खाद्यान्न वस्तुहरु बाधक रहेको बताएका छन्। कर्णाली प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले यस्तो धारणा राखेका हुन्।

उनले विदेशबाट आयात गरिने वस्तुलाई क्यारेन्टाईनपछि मात्र भन्सार गराउनका लागि आधुनिक अन्तर्राष्ट्रियस्तरका प्रयोगशाला निर्माण गरी विषादी मिसावट गरिएका खाद्यान्नलाई रोक लगाउने तयारी भईरहेको जानकारी दिए। देशका सबै नाकाहरुमा विदेशबाट आयात हुने खाद्यजन्य वस्तुको चेकजाँचका लागि आधुनिक अन्तर्राष्ट्रियस्तरका प्रयोगशाला निर्माण गर्न अर्थ मन्त्रालयसँगै प्रदेश सरकारहरुसँग समन्वय भईरहेको मन्त्री खनालले बताए।

उनका अनुसार हाल विदेशबाट आयातित वस्तुहरु भन्सारपछि मात्र क्यारेनटाईन हुने गरेकाले नियमनकारी निकायको समन्वय अभावमा विषादी मिसावटयुक्त वस्तुहरुले नेपालमा प्रश्रय पाईरहेका छन्। अहिले नेपालको कृषि क्षेत्र घस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए। ‘आयात र खरिद मात्रै हुनु दुखद हो, त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ’, खनालले भने, ‘जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ, सरकारले पनि प्रोत्साहन गर्छ। विषादीको प्रयोग रोक्नुपर्छ।’

मन्त्री खनालले नेपाललाई नै १० बर्षमा प्राङ्गारिक बनाउने लक्ष्य लिएकोमा कर्णाली प्रदेशबाट त्यसको शुरुवात गरेको बताए। नेपालको वेरोजगारी अन्त्य गर्न कृषि क्षेत्रबाट मात्र सम्भव रहेको भन्दै खनालले सरकारले त्यसको तयारी गरिरहेको जनाए। कृषि उत्पादनलाई प्राङ्गारिक पनि बनाउने र उत्पादनलाई पनि घट्न नदिने गरी सरकारले तयारी थालेको उनको भनाई छ।

पहिलो चरणमा कर्णाली सरकारले नेपालमै पहिलो पटक प्राङ्गारिक कानुन बनाएकोमा कर्णाली सरकारको उनले प्रशंसासमेत गरे। ‘नेपालको ६६ प्रतिशत जनसंख्याले कृषि पेशा अंगाले पनि कृषिको अवस्था नाजुक रहेको छ,’ खनालले भने, ‘भूिमको व्यवस्थान गर्न जरुरी भएको छ, तर अहिले नै नीजि जमिन सरकारीकरण गर्न सम्भव छैन।’ खनालले प्रदेशलाई अर्गानिक प्रदेश निर्माणमा संघीय सरकारको पूर्ण सहयोग रहने बताए। कर्णाली प्रदेश सरकारको प्राङ्गारिकसम्बन्धी विधेयक प्रदेशसभाबाट पारित हुने प्रक्रियामा रहेको छ।

एक फरक प्रसंगमा मन्त्री चक्रपाणी खनालले नेत्रविक्रम चन्द विप्लवसँगको हिजोको सहकार्य र सम्बन्धको कुनै अर्थ नराख्ने बताए। उनले विप्लव नेतृत्वको पार्टी वर्तमान संविधान विरोधी क्रियाकलापमा लागेकाले संविधानअनुसार नै सरकारले व्यवहार गर्ने जनाए। विगतको तत्कालीन माओवादी जनयुद्धमा विप्लवसँगै एउटै मोर्चामा रहेरसमेत काम गरेका मन्त्री खनालले विप्लवको र हाम्रो बाटो अब एउटै नरहेको स्पष्ट पारे। ‘विप्लव समूहको राजनैतिक क्रियाकलाप संविधान विरोधी रहेको छ,’ मन्त्री खनालले भने, ‘हिजोको सम्बन्ध के थियो भन्ने कुराले राजनितिमा कुनै अथै छैन, र हुँदैन पनि।’

‘सरकार अहिले पनि राजनैतिक मुद्दामा बहस गर्न तयार छ, वार्ता गर्न तयार छ,’ उनले भने, ‘तर उनीहरुको व्यवहार कस्तो हुन्छ त्यही अनुसार सरकारले पनि कदम चाल्छ।’ मन्त्री खनालले भने, ‘विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउनु नै समस्याको समाधान होईन भन्ने मलाई पनि थाहा छ, तर सरकारले संविधानको रक्षा गर्न संविधानले दिएको अधिकार प्रयोग गर्नु नै पर्छ।’

मंगलबार मात्रै सरकारले विप्लव नेतृत्वको नेकपा माथी प्रतिबन्ध लगाएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री बिमला केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी, कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीलगायतको सहभागिता रहेको थियो।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४