किशोर विश्वकर्मा, विराटनगर – १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ। निर्माण हुने भवनको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले बुधबार शिलन्यास गरेका छन्।

प्रदेश सरकारबाट बहुवर्षीय बजेट अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ५ करोड रुपैयाँ बजेट विनियोजित भई सम्झौता भएको मितिले २ वर्ष भित्रमा १६ हजार १ सय २१ वर्ग फिटमा ५ तले सुविधा सम्पन्न कार्यालय भवन बन्ने भएको हो।

मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ चार पाङग्रे गाडी र २ सय वटा मोटरसाईकलको रिवन काटेर शुभारम्भ गरे। सो अवसरमा बोल्दै उनले सुरक्षा अवस्था मजबुत नभएसम्म विकास निर्माणलाई अगाडि बढाउन नसकिने बताए। ‘सुरक्षा अवस्था मजबुत नभएसम्म विकस अघि बढ्दैन’ मुख्यमन्त्री राइले भने, ‘सुरक्षा मजवुत हुँदा मात्र विकासको गतिले सार्थक रुप लिन्छ।’

उनले प्रदेश सरकारको पहिलो प्राथामिकता बलियो सुरक्षा व्यवस्था रहेकाले त्यसै अनुरुप सरकार लागि परेको बताए। कार्यक्रममा प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले आम नागरिकको सुरक्षामा २४सै घण्टा तल्लीन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले सुरक्षा व्यबस्था राम्रो भएमा मात्र समृद्धितर्फ अगाडि बढ्न सकिने बताए।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित वातावरणमा मात्र विकासका कामहरु धमाधम हुने बताउँदै कुनै पनि अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए। उनले प्रहरीलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले भवन निर्माणले महत्वपूर्ण भुमिका खेलेको बताउँदै यसले प्रहरी कर्मचारीहरुमा काम गर्न थप हौसला प्रदान हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रदेश सरकारको नेपाल प्रहरीलाई भौतिक पुर्वाधारयुक्त बनाउने नीति अत्यन्तै सान्दर्भिक रहेको बताए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८