महेन्द्रनगर – निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धानका क्रममा प्रमाण मेटाएको विषयमा प्रहरीविरुद्धको जिल्ला अदालतको प्रारम्भिक आदेशपछि वादी, प्रतिवादी र एमिकस क्यूरीको बयान सकिएको छ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बुधबार तीन वटै पक्षका कानुन व्यवसायीको बहस सकिएको बताएका छन्। तर थुनछेक आदेश बिहीबार हुने अदालतले जनाएको छ।

जिल्ला अदालत कञ्चनपुरको एक नम्बर ईजलासमा मंगलबारसम्म वादीतर्फका छ जना कानुन व्यवसायीले बहस गरेका छन्।

प्रतिवादी पक्षबाट एक जना वकिलले बहस गरेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ। जिल्ला अदालत श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार वादीतर्फबाट अधिवक्ता बसन्त गौतम, इन्द्र अर्याल, बद्रीप्रसाद भुसाल, जिल्ला न्यायाधीवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधीवक्ता मोहनीप्रसाद जोशीले ईजलासमा बहस गरेका हुन्।

बहसमा उनीहरुले प्रमाण नष्ट र यातनाको अभियोग लागेका अभियुक्त दोषी भएकोले थुनामा राखेर मुद्दा चलाउनुपर्ने बताएको छन्। अभियुक्तहरुले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोषलाई मानसिक तथा शारीरिक यातना दिएको वादी पक्षको कानुन व्यवसायीको दावी छ।

त्यस्तै प्रतिवादीको तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन्। प्रतिवादीतर्फबाट कानुन व्यवसायी ईन्द्रप्रसाद लेखक लगायतका तीन कानुन व्यवसायीले बहस गरेको थिए।

प्रतिवादीका कानुन व्यवसायिले घटनामा अभियुक्तद्वारा प्रमाण मेटाउने काम नगरेको र उनीहरुले आफ्नो पदीय जिम्मेवारी पूरा गरेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने मागदावी गरेका थिए।

बिहीबार हुने थुनछेक आदेश अनुसार अदालतले अभियुक्तहरुलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारगार पठाउने भन्ने निर्णय गर्नेछ। त्यस्तै एमीकस क्यूरीबाट वरिष्ठ अधिवक्ता थानेश्वसर प्रशाद भट्टले बहस गरेका थिए। क्युरीका अर्का सदस्य अधिवक्त हरिन्द्र राज विष्टले बहसमा सहभागी भएनन्। उनलाई प्रतिवादी पक्ष निकट रहेको आरोप लागेको छ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४