सुर्खेत – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम भएको बताएका छन्। वीरेन्द्रनगरमा क्यान इन्फोटेक समापन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको प्रयोग गर्न नसक्ने हो भने समृद्धि भन्ने कुरा ‘ल्हासामा सुन छ’जस्तै हुने बताए।

उनले इन्फोटेक मनोरञ्जन लिने मेला मात्र नभई ज्ञान आर्जन गर्ने स्थान भएको बताए। ‘पल-पल विज्ञानले नयाँ आविष्कारहरु गरिरहेको छ,’ उनले भने, ‘अब कर्णालीबाट पनि विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ आविष्कार गरेर विश्व बजारमा शिर ठाडो बनाउन बनाउनु पर्छ।’

उनले यस पटकको इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझैं भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई सुझाव दिए। उनका अनुसार इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित भएको छ। पाँच दिनसम्म सञ्चालन भएको उक्त इन्फोटेकमा सञ्चालनबाट आयोजकलाई थप उत्साह बढेको बताएका छन्।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले प्रदेश सरकार प्रविधिमैत्री भएकोले नै क्यान इन्फोटेक सफल भएको दावी गरे। आइएमइ पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सीसीटिभीले एशोसिएट प्रायोजन गरेको थियो भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो।

इन्फोटेकमा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमीनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब-जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए।

समापन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कविराज खत्री, क्यानका कानूनी सल्लाहकार दुर्गा सापकोटा, क्यान सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावललगायतले आफ्ना भनाई राखेका थिए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८