धनगढी – चैत १ गतेबाट औपचारिक शुरु हुने मुख्यमन्त्री कपअन्तर्गत फूटबल र क्रिकेट प्रतियोगिताका खेलहरु बुधबारबाट शुरु भएको छ। क्रिकेटका महिला र पुरुष तथा फूटबलको पुरुष तर्फका खेलहरु शुरु भएका हुन्।

पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदानमा शुरु भएको छ। महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको छ। फूटबल प्रतियोगिताका खेलहरु क्षेत्रीय रंगशालामा शुरु भएको छ।

महिला क्रिकेटमा सुदूरपश्चिमको ऐतिहासिक जित

महिला क्रिकेटमा सुदूरपश्चिमको टिमले ऐतिहासिक जित हात पारेको छ। कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमले ऐतिहासिक जित हात पारेको हो। टस जितेर व्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो। सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन्।यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाईन्।

२ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो। कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाईन् भने ३ रन अतिरिक्त पाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याट्रिकसहित ४ विकेट लिईन्। यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिईन्।

दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ। प्रदेश नम्बर ५ ले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाईन्।

प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई-दुई विकेट लिईन्। १ सय ८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्‍यो। प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित खेलिन्। त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन्।

पुरुष क्रिकेटमा सुदूरपश्चिम र प्रदेश नम्बर १ विजयी

कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले विजयी शुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो। उसका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन्।

सुदुरपश्चिमका लागि नरेन्द्र साउदले ४, महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए। ९५ रनको विजय लक्ष्य सुदूरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो। सन्जु बोहोराले ४३, खड्क बोहोराले २४ र दिपेन्द्र बोहोराले २० रन बनाए।

पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ। फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनायो । सो पारीमा दिपेश कडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए।

प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए। ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो। सुवेन्द्र पाण्डेयले २२, सौरव खनालले १५ र राजीवर पहिले १२ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई-दुई विकेट लिए।

पुरुष फूटबलमा प्रदेश नम्बर २ र १ विजयी

धनगढी रंगशालामा भएको तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई कर्णाली प्रदेशले १-० ले पाखा लगाएको हो। खेलको १२औँ मिनेटमा महेन्द्र शाहीले निर्णायक गोल गरे। दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३-१ ले हरायो।

प्रदेश नम्बर २ का लागि रितिक खड्काले दुई र गंगाबहादुर आलेले एक गोल गरे। खड्काले ८ मिनेट र ७६ मिनेटमा गोल गरेका हुन्। आलेले १३ मिनेटमा एक गोल गरेका थिए। गण्डकीका लागि अजिज मियाले एक गोल फर्काए। उनले ६९औं मिनेटमा गोल गरेका हुन्।

आजको पहिलो खेलमा भने प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई १-० ले गोल गरे। प्रदेश १ का लागि विदुर रिजालले एक मात्रै निर्णायक गोल गरे। खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। प्रतियोगितामा समावेश चार वटा खेलमा सातै प्रदेशबाट ५ सय ४६ जना खेलाडी प्रतिस्पर्धा गर्दैछन्।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७